जाजरकोट अस्पतालमा २४सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु

३१ भदौ, काठमाडौं । जाजरकोट अस्पतालमा शुक्रबारदेखि २४औँ घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ । सांसद शक्तिबहादुर बस्नेतले औपचारिक रुपमा उद्घाटन गरी सो सेवा शुरु गरिएको हो । जाजरकोटमा सुत्केरी सेवा नहुँदा हजारौा खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । कर्णाली विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा अस्पतालमा सो सेवा दिइने छ । सो अवसरमा नेकपा(माओवादी केन्द्र)का नेता बस्नेतले स्वास्थ्य सेवाम व्यापक सुधार गर्नुपर्नेमा जोड दिँदै निकै ठूलो मेहनतपछि सो सेवा विस्तार गरिएकाले सबैलाई सहयोग गर्न आग्रह गरे । थप पढ्नुहोस्

बिरामीको चाप बढेसँगै क्यान्सर अस्पतालमा ८० श्यया थपिने

३० भदौ, काठमाडौं । बिरामीको चाप अत्यधिक बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दशैँअघि नै ८० श्यया थप गरिने भएको छ । विसं २०५७ मा क्यान्सर उपचारमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना भएको यस अस्पतालमा हाल १९४ श्यया सञ्चालनमा रहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार अस्पतालमा भर्ना गर्नुपर्ने आधा बिरामी श्ययाको अभावमा फर्कनुपरेको छ । शुरुमा चीन सरकारको सहयोगमा अस्पताल स्थापना भएको हो । हाल श्यया थपका लागि नेपाल सरकारको रु ६० करोडको लागतमा आधुनिक अस्पताल भवन बन्दैछ । थप पढ्नुहोस्

दोलखामा भाइरल ज्वरोकोे महामारी

२९ भदौ, काठमाडौं । दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे्का छन् । भाइरल ज्वरोले महामारीको रुप लिएको छ । भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै असर पारिरहेको स्वास्थ्य संस्थाले जनाएका छन् । सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै दिनहुँ ५०, अरु स्वास्थ्य संस्थाको तथ्याँक हेर्दा करिब १०० को हाराहारीमा दैनिक उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेका छन् । थप पढ्नुहोस्

चक्रवर्तीद्वारा नियम विपरीत भर्ना, एकैदिन रु ९२ लाख संकलन

२७ भदौ, काठमाडौं । मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिक रुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन रु ९२ लाख ५० हजार संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)सँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो । सिटिइभिटीको अनुमतिबिना नै कलेजले आइतबार सूचना प्रकाशित गरेर एक दिनका लागि तीनवर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना खोलेर प्रतिविद्यार्थी रु दुई लाख ५० हजार अग्रिम शुल्क लिएर विद्यार्थी भर्ना गराएको हो । थप पढ्नुहोस्

भाइरलको संक्रमण बढेपछि गाउँमै स्वास्थ्य शिविर सञ्चालन

२६ भदौ, काठमाडौं। डडेल्धुराको भागेश्वर गाउँपालिकामा भाइरलजन्य रोगको संक्रमण बढेपछि गाउँपालिकाले आइतबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दुर्गममा रहेको वर्षात्का कारण गाडी चल्न नसकेपछि भागेश्वर गाउँपालिकाको वडा नं ५ का विभिन्न गाउँमा भाइरलजन्य रोगका बिरामीको सहज उपचारका लागि भन्दै गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । भागेश्वर गाउँपालिकाको आयोजनामा वडा नं ५ को चौगाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टको विशेष पहलमा सञ्चालन गरिएको हो । थप पढ्नुहोस्

भक्तपुरमा चश्मा लगाउनेको संख्या वृद्धि

२५ भदौ, काठमाडौं । पछिल्लो समयमा भक्तपुरमा चश्मा लगाउनेको संख्या बढेको छ । अहिलेका बालबालिकाले धेरै समय कम्प्युटर र मोबाइल चलाउने भएका कारण चश्मा लगाउनेको संख्या बढेको जिल्ला सामुदायिक आँखा केन्द्र भक्तपुरका प्रमुख धिरज अधिकारीको भनाइ छ । धुलो धुवाँमा हिँड्ने, लामो समयसम्म टेलिभिजन हेर्ने लगायतका कारण पनि धेरैको आँखामा समस्या देखापरेको छ । पन्ध्रदेखि ६० वर्ष उमेर समूहमा विभिन्न खालका रोग देखिने गरेको केन्द्रका प्रमुख अधिकारी बताउँछन् । थप पढ्नुहोस्

पढाइबाट वञ्चित शकुन्तला यसरी जान थालिन् विद्यालय

२३ भदौ, काठमाडौं । “भाइ स्कूल गएको देख्दा मलाई पनि स्कूल जान मन लाग्थ्यो । म आमासँग स्कूल जान्छु भनेर रुन्थेँ । बुबा–आमा घर बनाउने काम गर्न बिहानै हिँड्नु हुन्थ्यो । म दिनभर एक्लै तीनजना भाइलाई हेरेर घरमै बस्नुपथ्र्यो । भाइसँगै स्कूल जान कहिलेकाहीँ जिद्दी गर्दा आमाले मलाई बेस्सरी कुट्नु पनि भएको छ ।” “तँ स्कूल गइस् भने भाइ कस्ले हेर्छ रु भन्दै आमाले मलाई झपार्नु हुन्थ्यो”, बाह्रदशी गाउँपालिका–६ सुकुम्वासी टोलकी १३ वर्षीया शकुन्तला हस्दाको भनाइ हो यो । थप पढ्नुहोस्

भाइरल ज्वरोले गर्दा विद्यालय बन्द

२३ भदौ, काठमाडौं । गुल्मीको एक विद्यालयमा भाइरल ज्वरोले गर्दा दुई दिन विद्यालय बन्द गर्नुपरेको छ । मुसिकोट नगरपालिका–५ स्थित आँपचौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरोले गर्दा विद्यालयका अधिकांश शिक्षक र विद्यालयका करिब आधा विद्यार्थी भाइरल ज्वरोले बिरामी भएपछि बुधबार र बिहीबार अर्थात् हिजोसम्म दुई दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षक सुनिल भण्डारीले जानकारी दिए । विद्यार्थीमा शुरुमा टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने लगायतका समस्या देखापरेको बताइएको छ । थप पढ्नुहोस्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको हाहाकार

१९ भदौ, काठमाडौं । पटक–पटक भएको कर्णाली राजमार्ग अवरुद्धले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अक्सिजनको हाहाकार भएको छ । एक सातादेखि कर्णाली राजमार्गमै अक्सिजनको सिलिण्डर बोकेका गाडी थन्किएकाले प्रतिष्ठानमा यसको अभाव भएको हो । अक्सिजन सकिएका कारण हाडजोर्नीका मात्र १५ जना बिरामी अस्पतालमा शल्यक्रिया गर्न पर्खनुपरेको मेडिकल निर्देशक डा पुजन रोकायाले बताए । कालिकोटको गगने खोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि यो समस्या भएको हो । “मगाइएका सबै सिलिण्डर गगने खोलाभन्दा अघि बढेका छैनन् । थप पढ्नुहोस्

डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो

१६ भदौ, काठमाडौं । भाइरल ज्वरोका कारण डडेल्धुराका विभिन्न गाउँपालिका प्रभावित भएका छन् । बिशेषगरी जिल्लाको भागेश्वर, अजयमेरु, गन्यापधुरा, नवदुर्गालगायत गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप बढेको स्थानीयवासीले जनाएका छन् । कामेर ज्वरो आउने, शरीर चिसो भएर जाने, नाकमा सिँगान बग्नाका साथै सुख्खा पनि हुने र हातखुट्टाका जोर्नी दुख्नेलगायतका लक्षण देखिएको स्थानीयवासी बताउँछन् । फोहर पानी तथा खानेकुराका कारण भाइरल ज्वारोको समस्या देखिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ । भाइरल ज्वरोबाट बालबालिका, महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । थप पढ्नुहोस्
1 2 3 6