चिकित्सकमाथि हातपात, माहाकाली अञ्चल अस्पतालको सेवा प्रभावित

२३ असोज, काठमाडौं । डियुटीमा रहेका चिकित्सकमाथि बिरामीका आफन्त हातपातमा उत्रिएपछि आइतबार बिहानदेखि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको सेवा प्रभावित बनेको छ । शनिबार राति अस्पतालमा सुत्केरी वार्डमा महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामा बच्चा जन्मिएको विषयलाई लिएर सुत्केरी महिलाका आफन्तले अस्पतालका चिकित्सक, नर्स र अस्पतालको सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गरेका थिए । आफन्तले अस्पतालका डा सत्यप्रकाश कोइरालामाथि हातपात गरेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बताताए । थप पढ्नुहोस्

निःशुल्क मुटुरोग शिविरमा झण्डै आठ सयको परीक्षण, मिर्गौला रोगीलाई रु १० लाख सहयोग

२३ असोज, काठमाडौं । पर्वत जिल्लाका विभिन्न स्थानमा दुई दिनसम्म सञ्चालित मुटुरोग परीक्षण शिविरमा झण्डै ८०० जनाको मुटु परीक्षण गरिएको छ । जिल्ला सदरमुकाम कुश्माबजार र फलेवास नगरपालिकास्थित देवीस्थानमा छुट्टाछुट्टै शनिबार र आइतबार सञ्चालित शिविरबाट उक्त संख्याका बिरामीको परीक्षण गरिएको हो । आइतवार कुश्मामा सञ्चालित शिविरमा झण्डै ५०० र शनिबार फलेवासमा सञ्चालित शिविरमा २५० भन्दा बढीको परीक्षण गरिएको आयोजक लायन्स क्लब अफ शिवालयले जनाएको छ । थप पढ्नुहोस्

विद्यालयका बस चालकले पनि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने

२२ असोज, काठमाडौं । विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालकलाई पनि विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । थप पढ्नुहोस्

महोत्तरीमा डेंगुका बिरामी बढ्दै जाँदा स्थानीय भयभित

१८ असोज, काठमाडौं । महोत्तरी जिल्लाको बर्दिवासमा मात्र दुई दिनअघि देखापरेको डेंगु रोगका बिरामीको संख्या क्रमिक रुपमा बढ्दै जाँदा स्थानीय भयभित भएका छन् । सोमबार मात्र पाँचजनामा देखा परेको डेंगु रोग अहिले क्रमिक रुपमा ३९ जनामा फैलिसकेको हुँदा बर्दिवासका बासिन्दामा सो रोगको त्रास देखिएको छ । मंगलबारसम्म बर्दिवास अस्पतालमा र स्थानीय निजी क्लिनिकमा परीक्षणका लागि आएका ३९ जनामा डेंगु रोग देखिएपछि सो क्षेत्रमा बसोवास गर्ने स्थानीय सो रोगबाट भयभित भएका छन् । थप पढ्नुहोस्

स्क्रब टाइफसको विरामी बढ्दै, दुई महिनामा २०१ संक्रमित

१० असोज, काठमाडौं । विगत दुई महिनामा २०१ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले दिएको जानकारीअनुसार ८१७ जनाको परीक्षण गरिएकामा सो संख्यामा संक्रमित भेटिएका हुन् । साउन १ गतेदेखि असोज ८ गतेसम्म भेटिएका संक्रमितमध्ये भरतपुर अस्पतालमा ६४, बकुलहर अस्पताल, रत्ननगरमा नौ, चितवन मेडिकल कलेजमा ५१, नारायणी सामुदायिक अस्पतालमा ६१, निर्णय डाइग्नोस्टिकमा १३, मनकामना अस्पतालमा दुई, सेन्टर अस्पतालमा एकजना संक्रमित भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका कीट नियन्त्रक राम केसीले जानकारी दिए । थप पढ्नुहोस्

किराँत विश्वविद्यालय स्थापनाका लागि पहल

१० असोज, काठमाडौं । प्रदेशस्तरीय किराँत विश्वविद्यालय स्थापनाका लागि खोटाङमा पहल थालिएको छ । संघीय संरचना कार्यान्वयनसँगै जिल्लाका शिक्षाविद्ले प्रादेशिक किरात विश्वविद्यालय स्थापनाका लागि बहस थालेका हुन् । जातीय, बहुधार्मिक, बहुसांस्कृतिक क्षेत्रका रुपमा रहेका कारण देशविदेशका भाषाशास्त्री, समाजशास्त्री, मानवशास्त्रीका लागिसमेत अध्ययन–अनुसन्धानको मलिलो भूमिकारुपमा रहेकाले जिल्लामा किरात विश्वविद्यालय स्थापनाको अवधारणा अघि सारिएको नेपाल आदिवासी जनजाति महासंघ, खोटाङका अध्यक्ष हात्तीराम राईले जानकारी दिए । थप पढ्नुहोस्

स्वास्थ्य क्षेत्र सुधारका लागि २ करोड बजेट निकासा

९ असोज, काठमाडौं । स्वास्थ्य मन्त्रालयले सुनसरी जिल्लाको धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रबाहेक केही उच्चस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन रु दुई करोड बजेट निकासा गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका सेवाग्राही नगरवासीको स्वास्थ्य सेवाका क्षेत्रमा उच्चस्तरीय सेवा उपलब्ध गराउन प्राथमिक स्वास्थ्य केन्द्रभन्दा एक तह माथिल्लो तहको स्वास्थ्य सेवा उपलब्ध गराउन उक्त बजेट निकासा दिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिएको छ । थप पढ्नुहोस्

अझै प्रभावकारी हुन सकेन परिवार नियोजन कार्यक्रम

४ असोज, काठमाडौं । सरकारले परिवार नियोजनसम्बन्धी कार्यक्रम सञ्चालन गरेपनि अपेक्षाकृतरुपमा प्रभावकारी भएको पाइएको छैन । सरकारी तथ्यांकअनुसार १५ देखि १९ वर्ष उमेर समूहका जम्मा १९ प्रतिशत विवाहित किशोरीले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन् । विभिन्न जिल्ला, विकटमा रहेका स्वास्थ्य संस्थामा अहिले पनि सहजरुपमा परिवार नियोजनका साधन पाइँदैनन् । पर्याप्त साधन समयमै खरिद गर्न नसक्दा परिवार नियोजनका साधनको अभाव सधैँ हुँदै आएको छ भने कार्यक्रमको प्रभावकारितामा समेत असर परेको छ । थप पढ्नुहोस्

जाजरकोट अस्पतालमा २४सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु

३१ भदौ, काठमाडौं । जाजरकोट अस्पतालमा शुक्रबारदेखि २४औँ घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ । सांसद शक्तिबहादुर बस्नेतले औपचारिक रुपमा उद्घाटन गरी सो सेवा शुरु गरिएको हो । जाजरकोटमा सुत्केरी सेवा नहुँदा हजारौा खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । कर्णाली विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा अस्पतालमा सो सेवा दिइने छ । सो अवसरमा नेकपा(माओवादी केन्द्र)का नेता बस्नेतले स्वास्थ्य सेवाम व्यापक सुधार गर्नुपर्नेमा जोड दिँदै निकै ठूलो मेहनतपछि सो सेवा विस्तार गरिएकाले सबैलाई सहयोग गर्न आग्रह गरे । थप पढ्नुहोस्

बिरामीको चाप बढेसँगै क्यान्सर अस्पतालमा ८० श्यया थपिने

३० भदौ, काठमाडौं । बिरामीको चाप अत्यधिक बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दशैँअघि नै ८० श्यया थप गरिने भएको छ । विसं २०५७ मा क्यान्सर उपचारमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना भएको यस अस्पतालमा हाल १९४ श्यया सञ्चालनमा रहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार अस्पतालमा भर्ना गर्नुपर्ने आधा बिरामी श्ययाको अभावमा फर्कनुपरेको छ । शुरुमा चीन सरकारको सहयोगमा अस्पताल स्थापना भएको हो । हाल श्यया थपका लागि नेपाल सरकारको रु ६० करोडको लागतमा आधुनिक अस्पताल भवन बन्दैछ । थप पढ्नुहोस्
1 2 3 4 8