प्रहरी र ठेकेदारको मिलेमतोमा क्षयरोग केन्द्रको माटो अवैधरुपमा बिक्री, स्थानीय वासिन्दा जोखममा

२३ पुस, काठमाडौं । राष्ट्रिय क्षयरोग केन्द्र थिमिले निर्माण गर्न लागेको अस्पतालको नयाँ भवनबाट झिकिएको लाखौँ मूल्य बराबरको माटो अवैधरुपमा बिक्री भएको खुलासा भएको छ । क्षयरोग केन्द्र, प्रहरी र ठेकेदारको मिलेमतोमा लाखौँ रुपैयाँ बराबरको माटो अवैधरुपमा बिक्री भएको मध्यपुरथिमि नगरपालिका र स्थानीय बासिन्दाले बताएका छन् । भवन निर्माणका लागि जमिन सम्याउने नाममा सिंगो बस्ती नै जोखिममा पारेर केन्द्रको तालीम हलको पछाडि रहेको करिब १०० फिटभन्दा अग्लो ढिस्को भत्काएर निस्किएको माटो गायव भएको नगरपालिका प्रशासन शाखाले जनाएको छ । थप पढ्नुहोस्

शिलबन्दी खोल्न नगरपालिकालाई चौतर्फी दबाब

२१ पुस, काठमाडौं । राष्ट्रिय क्षयरोग केन्द्र, थिमिले शुरु गरेको ३०० श्ययाको अस्पतालमा भवन निर्माण रोक्दै शिलबन्दी गरेको मध्यपुरथिमि नगरपालिकालाई सिलबन्दी खोल्न चौतर्फी दबाब आएको छ । नियमविपरीत नगरपालिकालाई कुनै जानकारीसमेत नदिइ अस्पतालको भवन निर्माण गरेर डिपिसीसमेत गरेको अवस्थामा नगरपालिकाले गत पुस १३ गते बिहीबार निर्माण रोक्दै सिलबन्दी गरेको थियो । थप पढ्नुहोस्

स्थानीय तहमा शिक्षाका कर्मचारी अपर्याप्त

२० पुस, काडमाडौं । शिक्षा मन्त्रालयले हालसम्म करिब ५०० कर्मचारी काजमा खटाए पनि स्थानीय तहमा शिक्षा सेवाका कर्मचारी अपर्याप्त देखिएको छ । संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहको भएकाले शिक्षासम्बन्धी सेवा प्रवाहका लागि विषयगत कर्मचारी अपुग भएको हो । स्थानीय तहले शिक्षा मन्त्रालयबाट काजमा आएका कर्मचारीलाई स्थायी दरबन्दीमा मिलान गर्ने वा नयाँ विज्ञापन गरेर त्यस सेवामा कर्मचारी पूर्ति गर्ने भन्ने टुङ्गो लागिसकेको छैन । थप पढ्नुहोस्

रसुवा जिल्ला अस्पताल अब अत्याधुनिक भवनमा

१९ पुस, काठमाडौं । २०७२ सालकोे भूकम्पले क्षतिग्रत भई टेन्टमुनि सञ्चालनरत रसुवा अस्पताल अब अत्याधुनिक भवनबाट सञ्चालन हुने भएको छ । नवनिर्मित सेमी परमानेन्ट भवनबाट सेवा सञ्चालनका लागि निर्माणकार्य सम्पन्न भई मंगलबार रसुवा जिल्ला अस्पतालको प्रांगणमा सञ्चालित कार्यक्रममा साँचो र स्वामित्व हस्तान्तरण गरिएको छ । थप पढ्नुहोस्

शीतलहरका कारण विद्यालय बन्द

१८ पुस, काठमाडौं । केही दिनदेखिकोे शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले सो निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु साहले जानकारी दिए । शीतलहरका कारण अत्यधिक जाडो बढेपछि बालबालिकालाई पठनपाठनमा कठिनाइ भएकाले यही पुस १७ देखि २१ गतेसम्म पाँच दिनका लागि विद्यार्थीलाई बिदा दिई विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए । थप पढ्नुहोस्

अधिकांश राजनीतिक–सामाजिक व्यक्तित्व त्रिविकै उत्पादनः प्रधानमन्त्री

१६ पुस, काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले भने, “मुलुकको जेठो यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पु¥याएको योगदान अतुलनीय रहेको छ । थप पढ्नुहोस्

कारवाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका पुग्यो नामावली

१६ पुस, काठमाडौं । सरकारले बिरामीसँग कुनै पनि शीर्षकमा स्वास्थ्य सेवा कर लिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला राजधानीका नाम चलेका अस्पतालले भने बिरामीसँग गैरकानूनीरुपमा सेवाशुल्क लिँदै आएका छन् । निजीस्तरमा सञ्चालित नाम चलेका अस्पतालले उपचार सेवा शुल्कका नाम बिरामीसँग विभिन्न शीर्षकमा गैरकानूनीरुपमा १३ प्रतिशतभन्दा बढी शुल्क लिने गरेको पाइएको हो । थप पढ्नुहोस्

जलविद्युत् आयोजनामा लगानि गर्दै सामुदायिक विद्यालय

१५ पुस, काठमाडौं । के सामुदायिक विद्यालय कमजोर छन् भन्ने ठान्नुभएको छ र ? कतिपय सामुदायिक विद्यालयको प्रगति देख्दा त्यस्तो ठान्नु नितान्त गलत हुनेछ । किनकी केहि सामुदायिक विद्यालय जलविद्युत् आयोजनामा समेत लगानी गर्न सक्ने भइसकेका छन् । बुटवल उपमहानगरपालिका–१० कालिकानगरस्थित कालिकाशरण माविले म्याग्दीको घारखोला जलविद्युत् आयोजनामा रु नौ लाख ५० हजार लगानी गरेको छ । कानूनीरुपमा शुल्क उठाउन नपाउने सामुदायिक विद्यालयले चन्दा सहयोग र अतिरिक्त आम्दानीलाई उपयोग गरी कालिका माविले गुणस्तरमा समेत नमूना प्रस्तुत गरेको छ । थप पढ्नुहोस्

नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने

१२ पुस, काठमाडौं । नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए१५ दिनभित्र भारतबाट दुईवटा मेसिन आएपछि माघदेखि सिटामोल उत्पादन गर्ने गरी आवश्यक अन्य तयारी पूरा भइसकेको जानकारी दिए । सरकारको पूर्ण स्वामित्वमा रहेको लिमिटेडले गत वैशाख २४ गते जीवनजल उत्पादन सुरु गरेको थियो । थप पढ्नुहोस्

जिल्ला अस्पताल उदयपुरमा चरम लापर्बाही, प्रजिअले चाले कडा कदम

१२ पुस, काठमाडौं । जिल्ला अस्पताल उदयपुरमा इमर्जेन्सी कक्षमा समेत बिरामीका लागि चिकित्सक र कर्मचारी नभएपछि जिल्ला प्रशासन कार्यालय, उदयपुरले अस्पताल प्रशासनलाई मंगलबार साँझ कडा कारबाही गर्ने कदम चालेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ स्थित सिटेनीपाखामा मंगलबार अपराह्न २ः३५ बजे बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो भने तीनजना सख्त घाइते भएका थिए । थप पढ्नुहोस्
1 2 3 4 5 11