मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न सुदूरपश्चिममाञ्चल विश्वविद्यालयलाई प्रमको आग्रह

२६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई आग्रह गरेका छन् । विश्वविद्यालयको छैटौँ सभामा आज सम्बोधन गर्दै उनले त्यस क्षेत्रको भाषा, संस्कृति र मौलिकता तथा पहिचान झल्कने विषयवस्तुमा ध्यान दिन आग्रह गरेका हुन् । सो विश्वविद्यालयले आंगिक क्याम्पसको सम्बन्धन विस्तारको कार्यलाई प्राथमिकता दिन पनि प्रधानमन्त्री देउवाले आग्रह गरे । थप पढ्नुहोस्

काठमाडौँ विश्वविद्यालयको बजेट रु ४ अर्ब

२१ असार, काठमाडौं । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको ७६ औँ सभा बैठकले आव २०७३÷७४ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्नाका साथै आगामी आव २०७४/७५ मा गर्नुपर्ने कार्यक्रम र बजेट पारित गरेको छ । विश्वविद्यालयसभा बैठकले स्वास्थ्य विज्ञान कार्यक्रमको रु दुई अर्ब ६४ करोड १३ लाख ४२ हजार र अन्य कार्यक्रमको रु एक अर्ब २७ करोड २० लाख गरी रु तीन अर्ब ९१ करोड ३३ लाख ४२ हजारको बजेट पारित गरेको हो । थप पढ्नुहोस्

विद्यार्थी सङ्ख्या घटबढ भए पनि त्रिविको प्रभाव उस्तै

१७ असार, काठमाडौं । मुलुककै अगुवा र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विद्यार्थी सङ्ख्यामा उतारचढाव आए पनि यसको राष्ट्रिय गरिमा र प्रभाव कायमै छ । स्थापनाको ५८ वर्ष पुगेको त्रिविमा गुणस्तर अभिवृद्धि योजना र सेमेस्टर प्रणालीको कार्यान्वयनसँगै पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या र शैक्षिक गुणस्तरमा सामान्य सुधार देखिएको छ तर एक दशकअघिको तुलनामा समग्र विद्यार्थी सङ्ख्या बढ्न सकेको छैन । विसं २०७१ मा कीर्तिपुर क्याम्पसबाट सुरु भएको सेमेस्टर प्रणाली हाल काठमाडौँ उपत्यकाका क्याम्पसहरुमा लागू भएको छ । थप पढ्नुहोस्

हालका विश्वविद्यालय केन्द्रीय, नयाँ खोल्दा प्रदेशलाई प्राथमिकता

६ असार, काठमाडौं । मुलुकका हाल सञ्चालित विभिन्न विश्वविद्यालय केन्द्रीय र नयाँ खुल्ने विश्वविद्यालय प्रादेशिक बनाउन पहल सुरु भएको छ । हाल सरकारको लगानीमा त्रिविसहित नौ विश्वविद्यालय छन् । नेपाल प्राध्यापक सङ्घले सबै प्रदेशमा केन्द्रीय विश्वविद्यालय स्थापना भइसकेको र नयाँ खुल्ने विश्वविद्यालय प्रदेश सरकारको अधिकार क्षेत्रमा पनि पार्न केन्द्र सरकारको मातहतमा नयाँ विश्वविद्यालय खुल्न आवश्यक नभएको बुँदासहित आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र दिएपछि प्रधानमन्त्रीले सो मागप्रति सरकार सकारात्मक रहेको बताए । थप पढ्नुहोस्

अब नेपाली विद्यार्थीलाई अष्ट्रेलिया सजिलो

१ असार, काठमाडौं । नेपालबाट अष्ट्रेलिया पढ्न र करिअर बनाउन जान चाहने विद्यार्थीलाई पहिले भन्दा अलिक सजिलो हुने भएको छ । अष्ट्रेलियाबाटै त्यहाँको जिवन, विश्वविद्यालय, कोर्ष, आम्दानीको अवस्था साथै कसरी अष्ट्रेलिया प्रोसेस गर्ने आदि विषयमा जानकारी दिन सिड्नीमा रहेका केही युवाले पोर्टल नै सुरू गरे पछि अब अष्ट्रेलिया जान चाहानेका लागि सुसूचित हुन सजिलो हुने भएको हो । थप पढ्नुहोस्

नेपालको नीतिनिर्माणमा हावर्ड विश्वविद्यालयको सहयोग हुने

२४ जेठ, काठमाडौं । नेपालको नीतिनिर्माणमा तथ्याङ्क र प्रमाणीकरण दस्तावेजको अधिकतम उपयोग गर्ने विषयमा कार्यक्रम सञ्चालन गर्न विश्व प्रतिष्ठित हावर्ड विश्वविद्यालयले साझेदारी गर्ने भएको छ । दक्षिण एसियामा प्रमाणसहितको तथ्याङ्कमा आधारित नीतिनिर्माणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको उक्त विश्वविद्यालयले नेपालमा पनि दिगो विकासका लागि अनुसन्धानात्मक तथ्याङ्कलाई वढी उपयोगी बनाउन पहल गर्ने भएको अमेरिकामा सोमबार र मङ्गलबार आयोजित कार्यक्रममा सहभागी योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले जानकारी दिए । थप पढ्नुहोस्