चक्रवर्तीद्वारा नियम विपरीत भर्ना, एकैदिन रु ९२ लाख संकलन

२७ भदौ, काठमाडौं । मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिक रुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन रु ९२ लाख ५० हजार संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)सँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो । सिटिइभिटीको अनुमतिबिना नै कलेजले आइतबार सूचना प्रकाशित गरेर एक दिनका लागि तीनवर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना खोलेर प्रतिविद्यार्थी रु दुई लाख ५० हजार अग्रिम शुल्क लिएर विद्यार्थी भर्ना गराएको हो । थप पढ्नुहोस्

माग पुरा नगरेको भन्दै डा. गोविन्द केसी फेरि अनशनमा

९ साउन, काठमाडौं । डा। गोविन्द केसीले अनशन सुरु गरेका छन् । ११ बुँदे माग अघि सारेका केसीले माग पूरा नभएसम्म अनशन नतोड्ने प्रतिवद्धता व्यक्त गर्दै ११ औं अनशन थालेका हुन् । माथेमा प्रतिवेदनअनुसारको संसद्मा विचाराधीन अवस्थामा रहेको विधेयक तत्काल पारित हुुनुपर्ने, चिकित्सा शिक्षामा भएका अनियमितता रोकिनुपर्ने लगायतका माग रहेका छन् । थप पढ्नुहोस्

उपचार खर्चमा पत्रकारलाई २५ प्रतिशत छुट

९ असार, काठमाडौं । झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले मेची अञ्चलका पत्रकारको उपचार शुल्कमा २५ प्रतिशतसम्म छुट दिइने भएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले अस्पतालका कर्मचारीसरह त्यहाँका पत्रकारलाई ओपिडीबाहेक अन्य उपचार खर्चमा साउन १ गतेबाट उक्त छुटको व्यवस्था गरिएको बताए । पत्रकार महासङ्घको सदस्यता लिई क्रियाशील रहेका पत्रकारलाई मात्र यो सुविधा प्रदान हुनेसमेत उनले बताए । थप पढ्नुहोस्