राप्ती आँखा अस्पताललाई रु ५ लाख

६ चैत, काठमाडौं । नेपालमा अन्धोपन निवारणका लागि सेती, महाकाली र राप्तीमा अन्धोपन निर्वारण गर्न र आँखा अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने नर्वेका स्व डा अल्वर्ट कोलस्टाडको परिवारले राप्ती आँखा अस्पताललाई रु पाँच लाख सहयोग गरेको छ । मंगलबार अस्पतालमा पुगेर परिवारले नेपाल नेत्रज्योति संघलाई सो रकमको चेक हस्तान्तरण गरेको हो । स्व अल्वर्टका श्रीमती डा सिसेल हल्डेन, छोरा डा हेनीक अल्वर्ट कोलस्टाडले राप्ती आँखा अस्पताललाई रु पाँच लाखको चेक सहयोग हस्तातरण गरेका हुन् । थप पढ्नुहोस्

स्वास्थ्य केन्द्रलाई रु २ करोडको जग्गा सहयोग

२२ चैत, काठमाडौं । दाङका एक व्यक्तिले स्वास्थ्य केन्द्र सञ्चालनका लागि उपमहानगरपालिकालाई रु दुई करोड बराबरको जग्गा सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले वडा नंं ८ मा सञ्चालन गर्न लागेको शहरी स्वास्थ्य केन्द्रलाई स्व भीमसेनबहादुर शाहका छोरा अभिषेक शाहले तुलसीपुर–८ मा रहेको १३ कट्ठा जग्गा उपलब्ध गराएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिएका छन् । सो जग्गाको चल्ती मूल्य रु एक करोड ९५ लाख रहेको प्रमुख पाण्डेले जानकारी दिए । थप पढ्नुहोस्

सामुदायिक अस्पताललाई एक परिवारले गरे २ करोड सहयोग

१९ चैत, काठमाडौं । म्याग्दी, बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन हुन लागेको सामुदायिक अस्पताललाई एक परिवारले करीब रु दुई करोड बराबरको जग्गा र भौतिक पूर्वाधार सहयोग गरेका छन् । प्रस्तावित रघुनाथ भद्रकाली स्मृति समुदायिक अस्पतालका लागि पात्लेखेतका राधाकृष्ण शर्माको परिवारले रु सत्तरी लाख मूल्य पर्ने पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो । शर्माले यसअघि उक्त अस्पतालको भवन निर्माणका लागि रु एक करोड सहयोग गरेका थिए । स्थानीयवासीको रु ३० लाखको लागतमा भवन निर्माण भइसकेको अस्पताल भवन निर्माण समितिका सदस्य भरत रकालले जानकारी दिए । थप पढ्नुहोस्

५० श्ययाको जाजरकोट जिल्ला अस्पताल सिकारु डाक्टरको हातमा

१८ चैत, काठमाडौं । जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा गएको र त्यहीँबाटै बिदेश भ्रमणमा रहेका कारण अस्पताल सहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ । अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा निसराज बस्नेत पनि बिना बिदा एक वर्षदेखि अमेरिका बस्दै आएका छन् । गत कात्तिकमा आएर जागिर जोगाएका उनको त्यस यता हाजिरी रजिष्ट्ररमा गायल जनाइएको छ । त्यस्तै मेडिकल अधिकृत डा कृष्णजंग शाह, मेडिकल अधिकृतहरू डा धर्मराज रेग्मी केशरजंग कार्की र डा सुनिल पुन पनि जिल्ला अस्पतालमा छैनन् । थप पढ्नुहोस्

बिजनेस भिसामा आएका उत्तर कोरियाली नेपालमा लुकिछिपी डाक्टरी गर्दै

६ चैत, काठमाडौं । तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ । उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेका छन् । बिजनेस भिसामा काम गर्नु गैरकानुनी हो । थप पढ्नुहोस्

महाकाली अञ्चल अस्पताल सञ्चालनमा, झ्यालबाट हामफाल्दा एक बिरामीको मृत्यु

२१ फागुन, काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालका सबै सेवा आइतबारदेखि सञ्चालन भएका छन् । शनिबार अस्पतालमा उपचाररत भीमदत्तदनगरपालिका–११ भुजेलाका ४६ वर्षीया कलावती सार्कीको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै दुव्र्यवहार गरेपछि अस्पतालका सबै सेवा ठप्प गरिएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त र अस्पताल प्रशासनबीच भएको सहमतिपछि अस्पताल सञ्चालन भएको हो । थप पढ्नुहोस्

दोस्रो किस्ता लिने समय चैत मसान्तसम्म थप

२६ माघ, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो । यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो । निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बैठक बसेको थियो । थप पढ्नुहोस्

धुलो–धुवाँका कारण छाला सम्बन्धि रोगका बिरामी बढे

२१ माघ, काठमाडौं । चिटिक्क र राम्रो देखिन जो कोहीलाई मन लाग्नु स्वाभाविकै हो । सुन्दर र आकर्षक व्यक्तित्व भएको मानिसमा सबैको ध्यान जान्छ । सौन्दर्यका पारखीहरु खासगरी त्वचा अर्थात छालाको हेरचाहमा बढी सजग देखिन्छन् र यसले व्यक्तिको आकर्षक छविलाई उजागर गर्न मद्दत गर्छ । छालाको रङ कस्तो छ भन्नेमा भन्दा पनि कसरी उसले आफ्नो छालाको हेरचाह गरेको छ भन्ने कुराले अधिक अर्थ राख्ने चिकित्सकहरु बताउँछन् । नेपालमा बढी देखिने पाँच रोगमध्ये एक छालासम्बन्धी भएको छालारोग विशेषज्ञ डा. रविन्द्र बास्कोटा बताउछन् । उनका अनुसार, “नेपालमा छाला रोगको समस्या धेरै छ । थप पढ्नुहोस्

नख्खु कारागारमा मनोसामाजिक अस्पताल

१५ माघ, काठमाडौं । नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । त्यस अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ । कारागारमा रहेका झण्डै ८०० जना कैदी÷बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसी बताउँछन् । उनले भने, “मानसिक अस्पताल लगनखेलमा भएकाले पहिलेदेखि नै यहाँ मानसिक रोगी धेरै हुने गरेको पाइन्छ ।” उनले भने, “त्यहाँका कारागार र कैदी÷बन्दी दुवैले यहाँ सरुवा खोजेका छन् । थप पढ्नुहोस्

आर्थिक अभावले एम्बुलेन्स सेवा ठप्प

१४ माघ, काठमाडौं । विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् । पर्वत जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ । विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । ५ वर्षअगाडि खरिद गरिएको एम्बुलेन्सका पाटपुर्जा बिग्रिएपछि आठ महिनादेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले जनाएको छ । पोखरास्थित सृजना अटो वर्कसपमा लगिएको एम्बुलेन्स मर्मतका लागि रु पाँच लाख खर्च लाग्ने जनाइएको छ । थप पढ्नुहोस्
1 2 3 5