स्वास्थ्य मन्त्रालयमा डाक्टरहरूको बढुवा ओईरो

काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पतालमा कार्यरत १० जना डाक्टर एघारौँ तहमा बढुवा भएका छन् । लोक सेवा आयोगले स्वास्थ्य सेवाअन्तर्गत विभिन्न समूह, उपसमूहमा रिक्त एघारौँ तहमा बढुवा हुनेमा प्रमुख कन्सल्टेन्ट सर्जनतर्फ डा. नरेन्द्रविक्रम गुरुङ र डा. विसनसिंह बोहरा रहेका छन् । यसैगरी प्रमुख कन्सल्टेन्ट रेडियोलोजिष्टमा डा. नित्यप्रसाद खनाल, प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्टमा डा. मनिलाल नेवार श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियनमा डा. हेमराज पाण्डे र डा. प्रकाशनिधि तिवारी सिफारिश भएका छन् । थप पढ्नुहोस्

यसरी सुध्रने प्रयासमा छ ‘क्यान्सर अस्पताल’

१७ जेठ, काठमाडौं । केहि समययता अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अब देखि सुधारको बाटोमा अगाडी बढ्न थालेको छ । कर्मचारीको आन्तरिक गुटबन्दी र सञ्चालक समितिको रिक्ततासँगै सो अस्पताल अस्तव्यस्त बनेको थियो तर सञ्चालक समितिको पूर्णता र तीन साता अघि नयाँ कार्यकारी निर्देशक नियुक्तिसँगै सुधारका काम अघि बढेको हो । यसअघि प्रयोगशालामा आवश्यक केमिकल नहुँदा बिरामीका आफन्तले परीक्षणका लागि बाहिर जानुपर्दथ्यो भने एमआरआई, सिटिस्क्यान, मेमोग्रामका लागि पनि लामो समय पालो कुर्नुपर्ने अवस्था थियो । थप पढ्नुहोस्
1 3 4 5