वर्षभरीमा १३ अर्ब ७६ करोडको शेयर कारोबार


Share This


नेपालबहस संवाददाता    90 Views

४ साउन, काठमाडौं । आर्थिक वर्ष २०७३र७४को ११ महिनासम्ममा धितोपत्र बजारमा १३ अर्ब ६७ करोड बराबरको कारोबार भएको छ ।मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेप्से सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १ दशमलब ८ प्रतिशतले ह्रास आई २०७४ जेठ मसान्तमा १ हजार ५सय ८४ दशमलब ५ विन्दुमा पुगेको छ । समीक्षा अवधिमा कुल शेयर कारोबार रकममा ५४ दशमलब ३ प्रतिशतले ह्रास आई १३ अर्ब ७६ करोड रुपैयाँ पुगेको हो ।

२०७३ जेठ मसान्तमा उक्त सूचकाङ्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७२ दशमलब ९ प्रतिशतले वृद्धि भई १ हजार ६ सय १४ दशमलब २ विन्दु कायम भएको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा ६ दशमलब ५ प्रतिशतले वृद्धि भई २०७४ जेठ मसान्तमा १ हजार ८ सय ५३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

बजार पूँजीकरण अघिल्लो वर्षको सोही अवधिमा ८१ दशमलब ४ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७३र७४ को अनुमानित कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ७१ दशमलब३ प्रतिशत रहेको छ । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८५ दशमलब ३ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ४ दशमलब ३ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २ दशमलब३ प्रतिशत, होटलहरूको १ दशमलब ६ प्रतिशत, व्यापारिक संस्थाहरूको सुन्य दशमलब १ प्रतिशत र अन्यको ६ दशमलब४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षकोसोही अवधिमा कारोबार रकममा ६४ प्रतिशतलु वृद्धि भई ३० अर्ब ०८ करोड रुपैयाँ पुगेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ जेठ मसान्तसम्ममा २१२ रहेकोछ । २०७३ जेठ मसान्तमा यस्तो संख्या २३० रहेको थियो ।

केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ । सूचीकृत कम्पनीहरूमध्ये १६९ वटा बैंक तथा वित्तीय संस्था९बीमा कम्पनी समेत० रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १४ वटा जलविद्युत्कम्पनी, ४र४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन् ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमाचीकृतसू कम्पनीहरूको चुक्ता पूँजी वार्षिक विन्दुगत आधारमा ४४ दशमलब ४ प्रतिशतले वृद्धि भई २०७४ जेठ मसान्तमा २ सय ८३ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७३÷७४ को एघार महिनामा ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको साधारण शेयर, १८ अर्ब ८४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, ३५ अर्ब ९ रोडक रुपैयाँ बराबरको बोनस शेयर, ६२ अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र र १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युच्युअल फण्ड गरी कुल १ सय २१ अर्ब ८५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

त्यसैगरि बैंकले, बैंक तथा वित्तीय संस्था गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७४ असार २० गतेसम्म कुल १५५ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जररप्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये ११२ वटा संस्थाहरुको इजाजत खारेज हुनगई ४३ कुलसंस्था कायम भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार