नेपाल र अफगानिस्तान भिड्दै, दुवै टोली लगातार तेस्रो जितको खोजीमा


Share This


नेपालबहस संवाददाता    132 Views

५ साउन, काठमाडौं । अण्डर–नाईन्टिन विश्वकप क्रिकेटको लागि एसियाली समुहको छनोट खेलमा अहिले नेपालले अफ्गानिस्तानको सामना गरिरहेको छ । सिंगापुरमा जारी प्रतियोगितामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अफगानिस्तानले ब्याटिङ गरिरहेको छ । यो नेपालको तेस्रो खेल हो ।

दुबै टोलीले सुरुवाती दुई खेलमा आयोजक सिंगापुर र मलेसियालाई हराएका छन् । प्रतियोगितामा अपराजित रहेका नेपाल र अफ्गानिस्तान यो प्रतियोगिताको दावेदार टोली हुन् । आजको खेल जित्ने टोलीको अण्डर–नाईन्टिन विश्वकप क्रिकेट खेल्ने सम्भावना बलियो हुनेछ ।

चार टोली सहभागि प्रतियोगिताको विजेता मात्रै विश्वकपमा छानिने प्रावधान रहेको छ । सबै टोलीले एक अर्कासँग दुई दुईवटा खेल खेल्ने तालिका रहेको हुनाले आजको खेलपछि प्रतियोगिताका आधा खेल सकिनेछन् ।

तपाईको प्रतिक्रिया