बौद्धिक सम्पत्तिको चोरी गर्नेलाई कारवाही गर्ने : गृहमन्त्री


Share This


नेपालबहस संवाददाता    56 Views

८ साउन,काठमाडौ । गृहमन्त्री जनार्दन शर्माले बौद्धिक सम्पत्तिको चोरीलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले शनिवार आयोजना गरेको ‘पृथ्वी पाँचौँ राष्ट्रिय लोकदोहोरी अवार्ड’मा मन्त्री शर्माले कला, गीत तथा लोकदोहोरीलगायत बौद्धिक सिर्जनामा भ्रष्टाचार गर्ने तथा त्यसको विकासमा अवरोध पु¥याउने व्यक्ति वा संस्थालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

लोकदोहोरी देशको मौलिक संस्कृति भएको बताउँदै उहाँले मुलुकमा आफ्नो भाषा, कला, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता अभिवृद्धि हुनेमा जोड दिए।

संस्कृतिले जनतालाई समाजको सेवामा लाग्न अभिप्रेरित गरी कर्तव्यनिष्ठ बनाउने बताउँदै उहाँले सांस्कृतिक एकताले नागरिकलाई सचेत बनाउने र जनताका अधिकार स्थापित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार