घुमुवा प्रहरीको आतंक, नुनदेखि सुनसम्मको तस्करीमा सशस्त्र र नेपाल प्रहरीको साथ


Share This


नेपालबहस संवाददाता    2963 Views

९ साउन, सप्तरी । एक समय थियो, सप्तरीमा सशस्त्र जनतान्त्रिक समुह र माओवादी सशस्त्र द्धन्द्धका बेला स्थानीय व्यवसायीहरु त्राहीमाम् थिए । त्यो परिवेश अहिले परिर्वतन भएपनि यहाँका व्यवसायीलाई कहिले मधेशी आन्दोलनले त कहिले सरकारी श्वेत आतंकले सताउन छाडेको छैन् ।
कुनैपनि व्यवसाय संचालनका लागि स्थायी शाीन्त र उचित लगानी मैत्री वातावरणको खांचो हुन्छ । त्यसो भएमात्र व्यवसाय निर्धक्कसंग अघि बढ्छ । तर व्यापारको लागि उचित वातावरण नहँुदा गरिखाने लगानीकर्ता अथवा सच्चा व्यापारी विस्थापित हुनुपर्ने अवस्था पनि छ भने तस्करहरुको मालामाल हुन थालेको छ ।
हो, यस्तै अवस्था भएको छ अहिले राजविराजका स्थानिय व्यवसायीमाथि । उनीहरु कुनै गुण्डा र आतंकवादीबाट विस्थापित हुनु पर्ने अवस्था आएको भने हैन । सुरक्षा निकाय कै केहि भ्रष्ट कर्मचारीका कारण विस्थापित हुनुपर्ने अवस्था आएको व्यवसायीहरुले बताएका छन् । समाचार स्रोतका अनुसार सप्तरीमा सशस्त्र र नेपाल प्रहरीका घुमुवा प्रहरीका कारण त्यस क्षेत्रमा अहिले व्यवसायीहरु घुस आतंकबाट आतंकित नै बनेको खबर छ ।
सप्तरीको राजविराजमा सशस्त्र प्रहरीको सीमा सुरक्षा (शिशुका) क्याम्प छ । त्यसका हाकिम छन्,सशस्त्र प्रहरी उपरीक्षक रामआधार यादव । बाराको बनौली स्थायी घर भएका यादव सशस्त्र प्रहरीभित्र मालबाला एसपीको रुपमा पनि चर्चित छन् । यिनै एसपीका मुन्सीका रुपमा कार्यरत छन् असई सरोज यादव र हबल्दार दीपेन्द्र यादव । सशस्त्र मुख्यालयदेखि बाहिनीसम्म मासिक ३-३ लाखको टेण्डर हालेर बिगत ७-८ बर्षदेखि सप्तरी मै घुमुवाका रुपमा कार्यरत असई सरोज यादव र हवल्दार दिपेन्द्र यादवले राजविराजका नाम चलेका तस्कर र व्यवसायीदेखि साना व्यापारीसंग मासिक रुपमै असुल्न थालेपछि व्यवसायी त्रसित भएका हुन् । व्यवसायीका अुनसार ती घुमुवा प्रहरीहरुले ठुला व्यापारीसंग मासिक डेढ लाख र साना व्यापारीसंग ६० हजारसम्म लिने गरेका छन् । उनीहरुले एसपीदेखि बाहिनी हुदै मुख्यालयसम्म बुझाउनुपर्छ भन्दै असुल्ने गरेको हाम्रो समाचार स्रोतको दावी छ ।

त्यसो त ती घुमुवा प्रहरी विहारको नं प्लेट भएको सेतो रंगको मारुती कार चढेर हिड्छन् । उनीहरुले तस्कर र व्यवसायीबाट मासिक रुपमा असुली गर्दै आईरहेका छन् भने ठुला तस्करहरुसंग मिलेर दालचिनी , ल्वाङ, सुपारी र अलैंचीको ठुलो मात्रामा तस्करी समेत गर्दै आईरहेका छन् । नामुद तस्करहरु ओम यादव र रोशन यादवले सप्तरीको सम्पुर्ण तस्करी लाइन मिलाउने गरेका छन् ।

तस्करहरुले प्रहरी प्रशासनसंग मिलेर नुनदेखि सुनसम्मको कारोवार गर्ने र घुमुवा प्रहरीले तिनै तस्करबाट उठाएको रकम आफ्ना हाकिमदेखि आफुसम्ममा मोटो रकम बाँडेर खाने गरेको समाचार स्रोतको दावी छ । प्रहरी प्रशासनको मिलेमतोमा फस्टाएको अवैध धन्दा र तस्करीले यतिबेला राजविराज तस्करीको स्र्वगको रुपमा चिनिन थालेको छ । यहाँ यतिबेला भन्सारछली देखि थुप्रै अवैध धन्दाले प्रशय पाउन थालेको छ । भन्सार सेटिङमा हुने कारोवारदेखि भन्सार चोरी निकासी–पैठारीले लाखौंको सरकारी राजश्व गुमेको छ भने तस्करदेखि प्रहरी प्रशासन र राजश्वका कर्मचारीहरु रातारात लखपति हुन थालेका छन् ।

यस्तो खुलेआम तस्करीमा सप्तरीको कंचनपुर इप्रकाका इन्सपेक्टर डिल्लीबहादुर चौहानले भरपुर साथ दिने गरेको समाचार छ । यहाँबाट नेपालतर्फ रहेको जंगलको काठ, वालुवा भारत तर्फ ठुलो मात्रामा तस्करी हुने गरेको छ । इलाका प्रहरी कार्यालय प्रमुखले नै तस्करलाई साथ सहयोग दिन थालेपछि भारततर्फ गाईगोरु तस्करीका लागि झन् सजिलो भएको छ । उनीहरुले केहि रकम ईन्सपेक्टरलाई बुझाए पछि निर्वाध रुपमा चौपाया तस्करी फस्टाएको छ । चौहानको घुमुवाका रुपमा जवान श्रवणकुमार कामत कार्यरत छन् ।

समाचार अनुसार हिजोदेखि बालुवा गिटी ठेकेदार साजिर हुसैनले प्रहरी प्रशासनलाई मासिक ५ लाख ३० हजार बुझाउने सर्तमा अवैध रुपमा गिटी बालुवा भारततर्फ निकासी हुन थालेको छ । अहिले दैनिक ५-७ ट्रिपर अबैध गिटी बालुवा भन्टावारी नाका हुदै भारत जाने गरेको छ । यसवापत करोवाना इप्रकाका इन्चार्ज राजेन्द्र यादव र यिनकै भतिज नाता पर्ने बेलही चौकी ईन्चार्ज उपेन्द्र यादवले पनि मासिक ३ लाख लिएर बालुवा गिटी र गाई गोरु तस्करीलाई मलजल गरिरहेको समाचार छ । गाईगोरुको लोकल तस्करी मनिर मुसलमानले गर्ने गरेका छन् ।

त्यसैगरि नगर प्रहरी कार्यालय राजविराजका सई टेकनारायण चौधरी, हवल्दार रामकुमार मण्डल , सिपाही राजु कार्की र रविकुमार यादवले पनि तस्करसंग मिलेर अवैध तस्करीलाई साथ दिएको खबर छ । यो टोलीले राजविराज नगर र मातहतको तस्करी धन्दालाई साथ दिएर कुस्त कमाई गरिरहेको खबर छ । यो टोलीका राजु कार्की र सशस्त्रका हबल्दार दीपेन्द्र यादवले सुन तस्करहरु राजेश अग्रवाल,संजय अग्रवाल र मुन्ना हुसेनको अवैध सुन भारततर्फ पास गराउने ठेक्का लिएको बताईन्छ । त्यस्तै इप्रका सखडाका सई सुनिल यादव र घुमुवा अरविन्द कुमार यादवले व्यापक मात्रामा तस्करी गराएको खबर छ ।

यिनीहरुले आईजीपीको घुमुवा टोलीसंग निकटताको हबाला दिदै घुस असुलीमा रेर्कड कायम गर्न थालेका छन् । अझ अरविन्द यादवलाई हालै आईजीपी प्रकाश अर्यालको घुमुवा टोली बताएर पुरै तराइमा आतंक मच्चाउने छेदीलाल कामतीको टीममा सामेल गरेपछि त उनीहरुको असुलीधन्दाले अझ व्यापकता पाउन थालेको छ ।

यता अञ्चल प्रहरी कार्यालय जनकपुरका घुमुवा प्रहरी असई बव्लु ठाकुर र प्रहरी जवान जितेन्द्र यादव समेत तस्करी र स्थानिय व्यवसायीसंग पैसा असुल्ने गर्दै आईरहेको खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार