कसैलाई खुसी बनाउन संविधान संशोधन हुँदैन : बामदेव


Share This


नेपालबहस संवाददाता    89 Views

१० साउन, नेपालगन्ज, । नेकपा एमालेका कार्यबहाक अध्यक्ष बामदेव गौतमले कसैलाई खुसी बनाउनमात्रै आफ्नो दल संविधान संशोधनको कार्यसूचीमा सहभागी नहुने बताएका छन् । प्रदेश नम्बर–५ अन्तर्गत जिल्लाबाट स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट विजयी जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई मंगलबार नेपालगन्जमा सम्बोधन गर्दै उनले ‘तराई र पहाडबीच फाटो ल्याउने योजनालाई जनताले निर्वाचनमार्फत् असफल बनाएका छन्’–भने ।

कसैलाई खुसी बनाउन संविधान संशोधन हुन सक्दैन, किन र केका लागि संशोधन गर्ने हो रु औचित्य पुष्टि नै नभएको संशोधनको खेलमा आफ्नो दलको कुनै सहमति हुन सक्दैन’–उनको भनाइ छ ।

बुधबारसम्म सन्चालन हुने सो अभिमुखीकरणमा सहभागीलाई सो दलका नेता विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र गोकर्ण विष्टले प्रशिक्षण दिने जनाइएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार