कोरियन भाषा परिक्षा  : १२ हजार १०८ परीक्षार्थी पास


Share This


नेपालबहस संवाददाता    207 Views

११ साउन, काठमाडौं । आठौँ कोरियन भाषा (इपिएस–टपिक) परीक्षामा १२ हजार १ सय ८ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका अनुसार भाषा परीक्षामा ६८ हजार ३ सय ८३ जना परीक्षार्थीले भाग लिएका थिए ।

रोजगार अनुमति प्रणाली ९इपिएस०अन्तर्गत नेपाली कामदार कोरिया पठाउनुअघि लिइने इपिएस–टपिक ९कोरियन भाषा० परीक्षा अनिवार्य पास गर्नुपर्ने प्रावधान छ । सन् २०१८ मा कोरिया जाने गरी लिइएको यस परीक्षामा ७५ हजार ५ सय ८० जनाले परीक्षा फाराम भरेका थिए । तर, ६८ हजार ३ सय ८३ जना परीक्षार्थी मात्र परीक्षामा हाजिर भएको शाखाले जानकारी दिएको छ ।

कोरियन भाषा परीक्षा २७ र २८ जेठमा सञ्चालन गरिएको थियो । ९ देखि १८ चैत २०७३ सम्म संकलन गरेका आवेदन भर्नेका लागि कोरियन भाषा परीक्षा सञ्चालन गरिएको हो । उत्तीर्णमध्ये कृषि तथा पशुपालनतर्फ ७ हजार ५ सय ३० र उत्पादनतर्फ ४ हजार ५ सय ७८ जना
रहेका छन् ।

सन् २०१८ का लागि कोरिया सरकारबाट १० हजार २ सय ५ जनाको कोटा नेपाली कामदारलाई प्राप्त भएको थियो । त्यसमध्ये कृषि तथा पशुपालनतर्फ ६ हजार २ सय र उत्पादनतर्फ ४ हजार कोटा नेपाली कामदारका लागि प्राप्त भएको छ । कोरिया सरकारले १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका युवालाई कामदारका रूपमा भित्राउने गरेको छ । सन् २०१७ मा ३ हजार ५ सय कोटा नेपाली कामदारका लागि प्राप्त भएको थियो ।

भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीले अब रोजगार आवेदन फाराम भर्नुपर्नेछ । त्यसका लागि अर्को मिति तोक्ने शाखाले जानकारी दिएको छ । विभागका सूचना अधिकृत शोभाकर भण्डारीका अनुसार रोजगार आवेदन फाराम भर्न यसपटक कामदार स्वयंको नाममा ‘क’ वर्गको बैंकमा खाता र इमेल आइडी अनिवार्य हुनुपर्ने प्रावधान छ । त्यसबाहेक स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनमा पनि सफल भएको हुनुपर्नेछ । स्वास्थ्य परीक्षण गर्न कोरिया सरकारले नेपालका ४ वटा अस्पताल ९सिभिल, कोरियामैत्री, पाटन अस्पताल र शुक्रराज ट्रपिकल अस्पताल टेकु०लाई अनुमति दिएको छ । यी सबै प्रक्रिया आउँदो तिहारपछि सुरु हुने भण्डारीले जानकारी दिए । यसपटक कामदारको स्किल टेस्ट भने नहुने शाखाले जानकारी दिएको छ ।

यसपटक भाषा परीक्षा उत्तीर्ण परीक्षार्थी सबै प्रक्रिया पूरा गरेपछि जनवरी २०१८ बाट कोरिया जान पाउनेछन् । त्यसअघि उनीहरूले भरेको रोजगार आवेदन फाराम कोरिया पुग्नेछ । त्यहाँबाट आउने सिफारिसका आधारमा कामदार कोरिया जान पाउनेछन् ।

इपिएसबारे केही तथ्य
– नेपालबाट सन् २००८ देखि इपिएसमार्फत कामदार कोरिया जान थालेका हुन् ।
– नेपाल सरकार र कोरिया सरकारबीच सन् २००७ मा भएको सम्झौतापछि नेपाल सरकार आफैँले कामदार पठाउन थालेको हो ।
– अहिले कोरियामा करिब ४६ हजार नेपाली युवा कार्यरत रहेको अनुमान छ ।
– सन् २००८ यता ५० हजार युवाले भाषा परीक्षा पास गरिसकेको अनुमान छ । यस वर्षको समेत जोड्दा यो संख्या ६० हजार नाघेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार