नेपाल लाईफ इन्स्योरेन्सको उपशाखा गौरादहमा


Share This


नेपालबहस संवाददाता    111 Views

११ साउन,काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गौरादहमा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले झापाको गौरादहमा उपशाखा स्थापना गरेको कम्पनीले जनाएको छ ।

समग्र बीमा क्षेत्रको विकास र बिस्तारका लागि सशक्त रुपमा जनचेतनामुलक कार्यक्रमहरु संचालनको आवश्यकता रहेको भन्दै नेपालको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको कृषि क्षेत्रको बिकासका लागि सरकारी स्तरबाट समेत कृषि बीमामा अनुदानको व्यवस्था भएकोले यसको लाभ उठाउन कम्पनीले आग्रह गरेको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत विवेक झाले कम्पनीले जीवन बीमाको पहँुच आम जनतासम्म पुर्याउने उदेश्यले शाखा तथा उपशाखा कार्यालयहरुको स्थापनालाई जोड दिदै आएको र चालु आ।व। भित्र मुलुकको ७५वटै जिल्लाहरुमा आफ्नो शसक्त उपस्थितिका लागि प्रयत्नशिल रहेको बताए ।

कम्पनीले गत आर्थिक बर्ष २०७३(०७४ मा कुल बिमाशुल्क आम्दानी करिब १२ अर्ब, जीवन बीमा कोष करिब ४० अर्ब तथा कुल लगानी करिब ४७ अर्ब भन्दा बढि हासिल गरि समग्र जीवन बीमा क्षेत्रमा अग्र स्थान हासिल गर्न सफल भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार