एन्फा कार्यसमिति वैठक बस्दै, थ्रिस्टार क्लवलाई क्षतिपुर्तिको विषय मूख्य एजेण्डा


Share This


नेपालबहस संवाददाता    110 Views

११ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति वैठक आज बस्दैछ । वैठकले तीन महिना पछि हुने एन्फाको निर्वाचन, ए डिभिजन लिग संचालन लगायतका विषयमा छलफल गर्ने बताईएको छ ।

तर यी विषयमा भन्दापनि आजको वैठक ललितपुरको थ्रि स्टार क्लवलाई दिने क्षतीपुर्तीको विषयमा बढी केन्द्रित हुने बुझिएको छ । एन्फाको गल्तीको कारण एसिया कप फुटबलको दोस्रो चरण खेल्न नपाएपछि थ्रि स्टार क्लव आन्दोलित छ । उसलाई डेढ करोड क्षतिपुर्ति दिएर फुटबलमा फर्काउने प्रयास एन्फाभिब भएपनि आसन्न साधारणसभामा यो विषय उठ्न सक्ने भएकोले सहज निर्णय गर्न भने एन्फा नेतृत्व तयार छैन ।

क्षतिपुर्ति दिने विषयमा निर्णय गर्ने हो भने गल्ती गर्ने एन्फा पदाधिकारी तथा कर्मचारीलाई पहिले कारवाही गर्नुपर्ने माग एन्फाका केही पदाधिकारी एवं सदस्यहरुले उठाईरकेका छन् ।एउटा पक्षले क्षतिपुर्ति दिने विषयमा निर्णय गरे अर्को पक्षले साधारणसभामा यही विषयलाई चुनावी नारा बनाउने निश्चित प्रायः छ ।

उता थ्रि स्टार क्लव भने आफुलाई क्षत्ीपुर्ती नदिएसम्म कुनैपनि प्रतियोगिता नखेल्ने र आवश्यक परे कानुनी ढोका समेत ढक्ढक्याउने चेतावनी दिईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार