नायिका नीता ढुंगाना तीजमा एकछिन नरोकी नाच्ने


Share This


नेपालबहस संवाददाता    153 Views

११ साउन, काठमाडौं । नायिका तथा मोडल नीता ढुंगानालाई यतिबेला गज्जबले तीज लागेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा नीतालाई तीजको माहोलले छोपेको हो ।

तीज पर्वलाई विशेष मान्ने निताले यस वर्षको तीजमा निराहार वर्तमात्रै नबसी यो तीजमा एक छिन नरोकी नाच्ने समेत उद्घोष गरेकी छिन् ।नीताको यो प्रसंग हो चर्चित गायिका बसन्ता प्रकृतिको तीज गीत ‘यो तीजमा नाच्नुपर्छ एकछिन नरोकी’ को ।

पछिल्लो समयका चर्चित संगीतकार तथा गीतकार दीपक शर्माको शब्द संगीतमा तयार गीतमा निता निकै खुलेकी छिन् । जसलाई गायिका बसन्ताले आफ्नो जीवनकै महत्वपूर्ण प्रोजेक्ट भएको र यस गीतबाट धेरै आशा गरेको र आफू उत्साहित पनि भएको बताएकी छिन् ।

शिव बिकले निर्देशन गरेको भिडियोको कोरियोग्राफी पनि स्वयम निर्देशकले नै गरेका छन् । शम्भु चालिसेको छायांकन तथा रविन विकको सम्पादन रहेको गीत रिलिज भए लगत्तै राम्रो चर्चा बटुलिरहेको छ ।

गायिका बसन्ताले यस अगाडी निकालेका गीतहरु कति बस्छौ टाढा टाढा, हेरि सिधै नजरमाले नेपाली सांगीतिक क्षेत्रमा एउटा छुट्टै स्थान बनाउन सफल भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार