ब्याडमिन्टन एसिया जुनियरमा जितसँगै नेपाली खेलाडी दोस्रो चरण प्रवेश


Share This


नेपालबहस संवाददाता    162 Views

११ साउन, काठमाडौं । इण्डोनेसियामा जारी पेम्वाङगुनाल जया राया ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसीपमा नेपाली खेलाडी दोस्रो चरणमा प्रवेश गरेका छन् ।

एसियाली ब्याडमिन्टन संघको आयोजनामा भएको सो च्याम्पियनसीपमा नेपालका प्रफूल महर्जन र रुकेश महर्जन दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

कम्बोडियाका डिना साओमलाई २१–११ र २१–८ अङ्कले पराजित गर्दै प्रफूलले दोस्रो चरणमा प्रवेश गरेका हुन् । उनले अब इण्डोनेसियाका फतुरामान फौजीसँग प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका सचिव नवीन विक्रम शाहले जानकारी दिए ।

रुकेशले मंगोलियाका मेन्देब्यर बात्सुकलाई २१–८, २१–७ अङ्कले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका हुन् । उनले अब श्रीलंकाका रसिन्दु हेन्देवासँग प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार