त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता


Share This


नेपालबहस संवाददाता    74 Views

१२ साउन, धादिङ,। पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट बिहीबार बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक कृष्ण सापकोटाका अनुसार बा ४ ख ५१४६ नम्बरको ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ ।

बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको हो । ट्रक चालक काले दमाई रहेको र दुर्घटनास्थल नजिकै पसलमा खाजा खाएर गाडी चलाएको पाँच मिनेटमै गाडी त्रिशूलीमा खसेको स्थानीय पुरुषोत्तम रिमालले जानकारी दिए ।

ट्रकमा कति मानिस थिए भन्ने खुल्न सकेको छैन ।वर्षाका कारण त्रिशूलीमा पानीको बहाव बढेकाले ट्रक र चालकको अवस्था अज्ञात रहेको छ । प्रहरी र स्थानीयले खोजी कार्य सुरु गरेका छन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार