नेपाली समाजमा लोकसेवा आयोगको भूमिका


Share This


नेपालबहस संवाददाता    228 Views

लक्ष्मी विलास कोइराला

नेपालको निजामती प्रशासनको ईतिहास मूल्याकंन गर्दा तत्कालिन शासक राजाहरू मुखको भरमा सरकारी कर्मचारीको नियुक्ति र पजनी गर्ने गर्दथे । सरकारी सेवामा तोक आदेशको भरमा कर्मचारी नियुक्त गर्दै आएको जहानीया निरंकुस राणा शासनमा पनि योग्य उम्मेदवारको योग्यता परीक्षण गरेर मात्र निजामती सेवामा योग्य र सक्षम कर्मचारी राख्नु पर्दछ भन्ने ज्ञान आए पछि नेपालको वैधानिक कानून २००४ मा मुलुकभर सवै ठाउँमा योग्य कर्मचारीहरू भर्ना हुन भनी एक दरखास्त परिषद खडा गरि नियमबमोजिम सरकारी नोकरीका लागि उम्मेदवारहरूको दरखास्त लिन र परिषद्ले उनीहरूको योग्यता वा ल्याकत जाँचबुझ गरी नियुक्तिका लागि सरकारमा सिफारिस पेश गर्ने व्यवस्था गरिएको थियो ।

नेपालमा वनेका र कार्यान्वयन भएका सवै संविधानहरूले लोकसेवा आयेगलाई उच्च स्थान दिएका थिए । लोक सेवा आयोग २००८ साल असार १ गते स्थापना भएको हो । असार १ गते लाई आयोगले “लोक सेवा दिवश” को रूपमा वार्षिकोत्सव मनाउदै आएकोछ । यसकारण सरकारी सेवाका लागि योग्यता प्रणालीको आधारमा योग्य उम्मेदवारको खुवी परीक्षण गर्नु पर्दछ भन्ने आवश्यक पर्ने स्पष्ट हुन्छ । योग्य सरकारी कर्मचारीको आवश्यकता जहिले पनि हुन्छ र त्यस्ता उम्मेदवारको ल्याकतको परीक्षण योग्यता प्रणालीमा आधारित भएर मात्र गर्नुपर्दछ ।  यद्यपि, पञ्चायत कालमा लोक सेवा आयोगलाइृ निलम्वन गरेर सरकारले कर्मचारी नियुक्तिमा मनोमानी गरेको थियो । नेपालको संविधान (२०७२) मा पनि लोकसेवा आयोगलाई निजामती सेवा वाहेक अन्य सरकारी सेवा (सुरक्षा निकाय र संगठित संस्था) हरूको लागि लिखित परीक्षा सञ्चालन गर्ने थप जिम्मेवारी दिएको छ ।

संविधानअनुसार निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हुने व्यवस्था रहेकोछ । साथै आयोगले निजामती कर्मचारी सेवा शर्त र सुविधा तथा कर्मचारी माथि हुन सक्ने विभागीय कारवाही संवन्धमा परामर्श दिने जिम्मेवारी पनि लोकसेवा आयोगको छ । आयोग आफुलाई सुम्पिएको जिम्मेवारी कुशलता, निष्पक्षता र तटस्थतापूर्वृक सम्पादन गर्न कटिवद्ध र सक्षम छ । आफनो जिम्मेवारी पुरा गर्ने संवन्धमा आयोगको कार्य सिद्धान्त, कार्य प्रणाली र कार्य व्यवस्थाका संवन्धमा छोटो जानकारी बुँदागत रूपमा प्रस्तुत गरिएकोछ ।

 १. आयोगको परीक्षालाई विश्वसनीय, निष्पक्ष र मर्यादित गराउन भएको व्यबस्था :–

  •  आयोगले आफनो कार्य वार्षिक कार्य तालिका वनाएर सम्पन्न गर्ने गरेकोछ । ड्ड विषयगत खण्ड खण्डको छुटटा छुटटै उत्तरपुस्तिकाको व्यबस्था भएको
  •  उत्तरपुस्तिका दोहोरो परीक्षण :– आयोगले तोकेको पदको परीक्षाको उत्तरपुस्तिका दोहोरो परीक्षण गराउने व्यवस्था गरिएकोछ । रा.प. प्रथम तथा द्धितीय श्रेणीको उत्तरपुस्तिका दुइ जना परीक्षकवाट परीक्षण गराइ परीक्षणको कार्यलाई अझ स्वच्छ र निष्पक्ष गराउने कार्य आरम्भ गरिएको र क्रमश ः सवैमा लागू गर्दै लगिने योजना रहेको ।
  •  कम्तीमा पाँच सेट कच्चा प्रश्नपत्रवाट तीन सेट परिमार्जित प्रश्न पत्र निर्माण गरी प्रश्नपत्र वैंकमा राख्ने व्यबस्थाड्ड परीक्षाको दिनमात्र परीक्षामा प्रयोग हुने प्रश्नपत्रको सेट अध्यक्षवाट छान्ने र छपाई गर्ने व्यबस्था
  •  उत्तरपुस्तिकाको दोहोरो कोडिंग फरक फरक शाखावाट हुने द्विअन्ध प्रणालीको व्यबस्था भएको अर्थात एउटा शाखाको कोर काममा अर्को शाखा संलग्न नहुने व्यबस्था भएको
  • Optical Mark Reader (OMR) को व्यबस्था गरि छिटो उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएको
  •  आयोगको कार्यालयभित्रै रहेर उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने व्यबस्था भएको
  •  लिखित नतिजामा उम्मेदवारको नाम थाहा हुने तर प्राप्तांक थाहा नहुने गर्न डबल ल्वाइण्ड व्यबस्था भएको
  •  अन्तरवार्तामा न्यूनतम ४० र अधिकतम ७० प्रतिशतमा रहेर नम्वर दिनुपर्ने व्यबस्था भएको
  •  अन्तरवार्ताको विज्ञले अन्तरवार्ता हुने दिनमा मात्र अन्तरवार्तामा वस्ने जानकारी पाउने व्यवस्था भएको
  •  आफ्नो नातामा पर्ने व्यक्तिले आयोगको कोर कार्यमा संलग्न हुन नपाउने व्यबस्था भएको
  •  लोकसेवा आयोगको तयारी कक्षा पढाउने कार्यमा संलग्न विज्ञलाई आयोगको कुनै पनि कोर कार्यमा संलग्न नगराउने व्यबस्था भएको,

२. आयोगका गम्भीर चासोका विषयहरू :–

  •  निजामती सेवाको रिक्त दरवन्दीको जानकारी समयमा प्राप्त नहुने गरेको । रिक्त पद लुकाएर राख्ने प्रवृत्ति तथा माँग गरी प्रतिशत निर्धारण भैसकेको पदमा अन्यत्रवाट सरूवा गरी ल्याउने प्रवृत्तिले सिफारिस उम्मेदवारको नियुक्तिमा कठिनाई र ढीलाई हुने गरेको ।
  •  सेवा समूह संचालन गर्ने निकायवाट आवश्यक शैक्षिक योग्यता परिमार्जनमा चासो नराख्ने गरेको ।
  •  वढुवाका लागि भौगोलिक क्षेत्रको अंक गणना गर्दा रूजु २३३ दिन हाजिर भएको हुनुपर्नेमा रूजु हाजिरको व्याख्या हुन नसकेकोले अंक गणनामा कठिनाई रहेको ।
  •  समावेशीतर्फ अपांगको लागि छुटयाईने पदहरूमा कस्तो अपांगले भाग लिन पाउने परिभाषा गर्नुपर्नेमा हालसम्म नभएकाले भकभकाउने, सास फेर्दा गाहे हुने, र औलाको टुप्पोमा घाँस काटदा खोस्रिएकाले पनि अपांग भन्दै अवसर लिईरहेको अवस्था ।
  •  सरकारका विशिष्ट श्रेणीका पदमा वढुवा सिफारिशका लागि कार्यकुशलताको मापन सूचकहरू तयार हुन नसकेको  ।
  •  आयोगको परामर्श औपचारिकतामा सिमित गर्दैे लोकसेवा आयोगको सामान्य सिद्धान्त विपरित कार्य प्रवृति गर्ने ।
  •  लोकसेवा आयोगमा रिक्त पदपूर्तिका लागि माग गरीसकेपछि सोही पदमा सरूवा गरी पदपूर्ति गर्ने प्रवृति ।
  • ३. आयोगको अगाडि रहेका चुनौतिहरू :–
  •  कर्मचारीतन्त्रमा कार्यसम्पादन क्षमता भन्दा ज्येष्ठताको भारले महत्व पाउदै जाने प्रवृतिले मेरिट सिद्धान्तको परिपालना फिक्का हुने आंशका रहेको ।
  •  निजामती सेवाभित्र जनशक्ति वजारको अव्वल दर्जाको समूहलाई आकर्षित गर्न विशेष व्यवस्था र आधारभूत कार्यक्रमहरू संचालन गर्न नसकिएको ।
  •  आयोगको काम कारवाहीलाई पूर्णत सूचनामैत्री गराउन आवश्यक तालिम, क्षमता विकास एवं पूर्वाधारहरू तयार गर्नुपर्ने देखिएको ।
  •  आयोगले संचालन गर्ने परीक्षालाई प्रभावकारी एवं सुनिश्चितताको लागि आयोगको केन्द तथा क्ष्ोत्रमा आफ्नै परीक्षा भवन तयार गर्नु पर्ने देखिएको ।
  •  आयोगको संगठनात्मक सक्षमता विकास गर्नुपर्ने भएको ।
  •  ४. परामर्श कार्यान्वयनको अवस्था  ः
  •  निजामती सेवाका कर्मचारीको अवकाश उमेर ५८ वर्षवाट ६० वर्ष वनाई सरकारी कर्मचारीको अवकाश उमेरमा समानता कायम गर्न दिइएको सुझाव कार्यान्यन नभएको ।
  •  निजामती सेवामा रहने विभिन्न पदहरूको लागि न्यूनतम योग्यता परिमार्जन गर्न दिइएको सुझाव ।
  •  निजामती कर्मचारी माथि हुनसक्ने विभागीय कारवाही सम्वन्धमा छुटृै कार्यविधि वा निर्देशिका वनाउन दिइएको सुझाव ।
  •  समावेशी पदपूर्ति व्यबस्था अनुसार कुन पद कुन किसिमको अपांगता भएको उम्मेदवारका लागि उपयुक्त हुने हो सो को निक्र्यौल गरी राजपत्रमा सूचना प्रकाशन गर्न दिएको सुझाव ।
  •  निजामती सेवा ऐन २०४९ अनुसार सम्वन्धित निकायहरूवाट रिक्त पदको माँग सम्वन्धी जानकारी समयमा दिनु भनी दिएको सुझाव ।
  • ५. अनुभूत गरेका सुधारका क्षेत्रहरूः
  •  परिवर्तित सन्दर्भ अनुकूल लोक सेवा आयोग ऐन २०७२ को स्वीकृति ।
  •  लोक सेवा आयोग प्रादेशिक लोकसेवा आयोगको अविभावकको रूपमा भूमिका निर्वाह गन उचीत हुने साथै प्रादेशिक लोक सेवा आयोगहरूले संघीय लोकसेवा आयोगका सामान्य सिद्धान्तहरू र प्रक्रियाको अवलम्वन गर्न, संघीय लोकसेवा आयोगको अनुभववाट प्रादेशिक आयोगलाई सक्षम वनाउन, संघीय लोकसेवा आयोग र प्रादेशिक लोकसेवा आयोग वीच परामर्श गर्न आवश्यक हुने देखिन्छ ।
  •  समावेशी प्रतिनिधिमूलक सक्षम निजामती सेवा (Inclusion Based Competent Bureaucracy) सार्वजनिक प्रशासनको विकास गर्ने ।
  •  जनशक्ति वजारवाट मेधावी (Talent) जनशक्तिलाई आकर्षित गर्नुपर्ने :–
  •  निजामती कर्मचारीहरूको उत्पादकत्वको अध्ययन विश्लेषण गर्नुपर्ने :–आयोगले सिफारिश गरेका कर्मचारीहरूको नैतिकता, सक्षमता, कार्य क्षमता, उत्पादकत्व, जिम्मेवारी एवं उत्तरदायित्व वहन समेतको अध्ययन गरी नियमित सुझाव गर्नुपर्ने ।
  •  आयोगलाई प्रविधिमैत्री गराउदै लानु पर्ने :– आयोगको परीक्षा संचालन सम्बन्धी परम्परागत पद्धतिको संरक्षण, अवलम्बन गर्दै, सूचना संचार प्रविधिको क्रमशः प्रयोग गर्दै जाने । आयोगका सवै कर्मचारीलाई नियमित रूपमा प्रविधिमैत्री तालिम उपलव्ध गराउने ।–
  •       ICT based Office Automation लाई प्रभावकारी गराउदै लाने ।–
  • क्रमशःComputer Based Examination लागू गर्दै जाने, –
  • आयोगका सवै कामलाई क्रमशः online मा आधारित गराउने ।
  •  परीक्षण विधि र प्रविधिमा सुधार गरी उम्मेदवारको Knowledge का साथै गुण (traits) सीप र मनोवैज्ञानिक व्यक्तित्व र सिमुलेशन अभ्यास विधिहरू अवलम्वन गरिने Assessment Centre Methodologies -ACM_ क्रमशः लागू गर्दै जाने ।
  •  समावेशी निजामती सेवा लगायत सवै सरकारी सेवालाई समावेशी वनाउन गरिएको आरक्षणको व्यवस्थालाई लक्षित वर्गसम्म पुर्याउन विद्यमान व्यवस्थामा पुनरावलोकन गर्न आयोगले परामर्शदायी भूमिका निर्वाह गर्नु पर्ने ।
  •  राज्यका तीनैतहका कर्मचारीतन्त्रको अन्तरसम्वन्ध, गतिशिलता, समन्वय र कार्य संजालमा आधारित सुशासन Network Governance_  कायम गर्ने ।
  • ६. कार्यसम्पादनका सिलसिलामा गरिएका आयोगका महत्वपूर्ण सुधारहरू :–
  •  विद्युतीय माध्यम (Online)  बाट उम्मेदवारहरूले दरखास्त फाराम भर्न सक्ने व्यबस्था कार्यान्वयनमा ल्याइएको । यसबाट आयोगका प्रक्रियाहरू नवीन प्रविधि मैत्री बनाउन सहयोग मात्र पुगेको नभई लाखौँ उम्मेदवारहरूको समय र लागत बचत भएकोे छ । हाल सवै दरखास्तहरू online मार्फत मात्र लिने गरिएको छ ।
  •  आयोगले आफ्ना काम कारबाहीलाई क्रमशः पारदर्शी बनाउँदै लान लिखित र अन्तरवार्ताबाट सफल उम्मेदवारहरूको लब्धांक पत्र (Mark Sheet) आवश्यक गोप्यता कायम रहने गरी आफ्नो website मा संम्बन्धित व्यक्तिले हेर्न सक्ने  ।
  •  रा.प.तृतीय श्रेणी (अप्राविधिक) का लागि मात्र लागू भइरहेको सामुहिक छलफल ( Group Discussion) लाई रा.प.तृतीय (प्राविधिक) पदहरूको लागि पनि (१० पूर्णाङ्कको) लागू गर्ने ।
  •  नेपालको संविधानले संगठित संस्थाको पदपूर्ति गर्दा लिखित परीक्षा लोक सेवा आयोगले लिने व्यवस्था गरेकोमा तदनुरूपको कानून जारी नभएसम्म आफ्नो संवैधानिक भूमिका निर्वाह गर्न,  आयोगको प्रतिनिधिले परीक्षा सम्बन्धी सबै गोप्य काम गर्ने गरी पदपूर्तिका परीक्षा संचालन गर्न आयोगमा नयाँ महाशाखा खडा गरिएको ।
  •  सडक यातायातको सुविधा नपुगेको पहाडि दुर्गम जिल्ला डोल्पा र हुम्लामा तथा तराईमा सिरहाकोे लाहान, पर्साको विरगन्जमा प्राविधिक अप्राविधिक रा.प.अ.प्रथम र रा.प.अ.द्वितीय पदको परीक्षा केन्द्र राख्ने ।
  •  दृष्टिविहीन परीक्षार्थीहरूका लागि विभिन्न परीक्षामा सोधिने मनोवैज्ञानिक परीक्षणको खण्डमा रहने विभिन्न Reasoning Test मध्ये Abstract/ Pictorial Reasoning का प्रश्नहरूको जवाफ दिनु नपर्ने तथा सहयोगी लेखक आवश्यक हुने विषयगत लिखित परीक्षाको लागि प्रति घण्टा १० मिनेटका दरले थप समय प्रदान गर्ने ।प्रशासन हाम्रा मान्छेहरूले चल्दैन । प्रशासन चलाउन राम्रा मान्छे चाहिन्छ र त्यस्ता राम्रा सक्षम मान्छेहरू निष्पक्ष र मेरिटमा आधारित भई लोक सेवा आयोगले छनौट गर्नु पर्दछ भन्ने मान्यताका कारण लोक सेवा आयोगको महत्व वढदै गएकोछ । वार्षिक कार्यतालिका वनाउने र सो कार्यतालिकाअनुरूप कार्य निष्पक्षतासाथ सम्पादन गर्ने र सो कार्यको जनताले उच्च मूल्यांकन गरि लोक सेवा आयोगप्रति जनताको अगाध विश्वास रहेको स्पष्ट नै छ । लोक सेवा आयोगले नेपाली समाजमा शीर उँचो राख्न सकेको छ र सर्वसाधारण जनताले आयोगलाई पत्याएका छन् । यसकारण लोक सेवा आयोग एक सफल संवैधानिक निकाय हो । आयोगको गरिमालाई चीरकालसम्म उच्च राख्न आयोग सदैव प्रतिवद्ध, सचेत र क्रियाशील एवं रहिरहनु पर्दछ प्रदेश लोक सेवा आयोगको पथपर्दशक हुनु पनि पर्दछ । (लेखक, सहसचिव हुन –मधेश दर्पण फिचर सेवा)
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार