होण्डाले ल्यायो सस्तो स्कुटर


Share This


नेपालबहस संवाददाता    269 Views

१४ साउन, काठमाडौं । होण्डाको नयाँ स्कुटर (CLIQ) सार्वजनिक गरेको छ । कम्पनीले यसअघि उत्पादन गरेका डिओ, एभिएटर र एक्टिभा भन्दा उत्कृष्ट फिचर र सस्तो मुल्यमा नयाँ स्कुटर ल्याएको हो । दक्षिण एसियाली बजारमा स्कुटरको बढ्दो लोकप्रियतालाई मध्येनजर गर्दै होण्डाले सिएलआईक्यु (CLIQ) नाम स्कुटर बजारमा ल्याएको जनाएको छ ।

यस स्कुटरको भारतीय बजारमा ४१ हजार ७ सय ८४ रुपैयाँ भारु मुल्य तोकिएको छ । यस अघिका स्कुटर भन्दा (CLIQ) १० हजार सस्तो रहेको कम्पनीले जनाएको छ । कम्पनीले ११० सिसिका स्कुटरको बढ्दो लोकप्रियतालाई ध्यान दिएर ‘सिएलआईक्यु’ ल्याएको होण्डा मोटरसाईकल एण्ड स्कुटर इडियाका प्रेसिडेन्ट मिनोरु काटोले जानकारी दिए ।

उनका अनुसार यो निकै किफायती र टिकाउ रहेको छ । यो स्कुटर मानिसको प्रगतिशील मानसिकता र उपभोक्ताको आवस्यकतालाई ध्यान दिएर निर्माण गरिएको छ । यसमा ११० सिसि क्षमताको द्यक्(क्ष्ख् ज्भ्त् इन्जिन जडान गरिएको छ । कम्पनीले यसमा कम्बो ब्रेक सिस्टम लगाएको छ । जसले छिटो र सहज रुपमा रोक्न सहयोग पुग्ने कम्पनीको दाबी रहेको छ ।

होण्डाका स्कुटरमा यस अघि प्रयोग नभएको ब्लक प्याट्रन टायरको प्रयोग गरिएको छ । जसले स्कुटर चिप्लीने समस्याबाट चालकलाई जोगाउने कम्पनीको दाबी रहेको छ ।

यसमा प्रयोग भएको हेडलाईट अटोमेटिक रहेको छ भने, टियुवलेस टायरको प्रयोग गरिएको छ । भारतीय बजारमा बनेका सबै सवारी साधन नेपाली बजारमा आएका छन् । त्यसमा पनि पछिल्ला दिनमा नेपालमा स्कुटरको बिक्री ह्रवातै बढेको छ । त्यसैले यहाँ कहिले आउँछ भन्ने चासो हुनु स्वभाबिक हो ।

भारतीय बजारमा ५२ हजार भारुको डियो नेपाली बजारमा १ लाख ७० हजार भन्दा बढी पर्छ भने ५५ हजारको एभिएटरको मुल्य १ लाख ८२ हजार पर्छ । यस हिसावले हेर्दा यसको नेपाली बजारमा मुल्य १ लाख ५५ हजारको हाराहारीमा पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार