प्रिमियम संकलनमा प्रुडेन्सियल अगाडि


Share This


नेपालबहस संवाददाता    83 Views

१४ साउन,मकवानपुर । निर्जीवन बीमा कम्पनीका हेटौंडास्थित शाखा कार्यालयले आव २०७३ र ७४ मा ३५ करोड बीमा प्रिमियम संकलन गरेका छन् । हेटौंडामा १६ कम्पनीले शाखा विस्तार गरी सेवा प्रदान गरिरहेका छन् ।

असारसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी ६ करोड १० लाख रुपैयाँ बीमा प्रिमियम प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । शिखर इन्स्योरेन्सले ५ करोड ८७ लाख रुपैयाँ संकलन गरेको छ । वर्गीकृतरुपमा हेर्दा अग्नि बीमामा नेको इन्स्योरेन्स, मोटर बीमामा शिखर र विविध तथा कृषि बीमामा प्रुडेन्सियल अगाडि देखिएको छ ।

सामुद्रिक बीमातर्फ ओरियन्टल इन्स्यारेन्स अगाडि छ भने पशु बीमातर्फ युनाइटेड इन्स्योरेन्स अगाडि छ । लघु बीमातर्फ पु्रडेन्सियलले ४ सय ९० बीमालेख जारी गरी सन्तोषजनक अवस्था कायम गरेको शाखा प्रबन्धक अर्जुन सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार