डाक्टरको लापरबाहीले आफन्तको मृत्यु भएपछि ओम अस्पतालमा तनाव, प्रहरी घेराबाट डाक्टरको बयान


Share This


नेपालबहस संवाददाता    1847 Views

१९ साउन, काठमाडौं । मेरो ठुलिआमाको कुनै दीर्घरोग थिएन । ठुलिआमाको बोलाउने नाउँ गोमा लामिछाने हो । नागरिकतामा नन्दकुमारी लामीछाने छ । ठुलीआमाको चाबहिलमा च्याउ पसल थियो । च्याउ पसलमा डाक्टर च्याउ किन्न आउँने जाने क्रममा चिनजान भएको थियो । चिने जानेको डाक्टर हुँदा जिउमा केही समस्या हुँदा डाक्टर समक्ष उहाँले भन्ने गर्नुभएको रहेछ । केही समय अगाडि आफु बिरामी हाँदा डाक्टरले बनाएको रिपोर्टहरु उहाँले डा कमल कोइरालालाई दिनुभएको रहेछ । सो रिपोर्ट डा कमल कोइरालाले हेरे पछि बिरामीलाई सो केश बढ्दै गएपछि क्यान्सरको खतरा हुनसक्ने बताएका रहेछन् ।

त्यस पछि डाक्टरको सल्लाह बमोजिम उनैले काम गर्ने चाबहिल स्थित ओम अस्पतालमा दिउँसो १२ बजे पित्तथैलीको आपरेसन गर्न जानुभयो । हस्पिटल गएर प्रि चेकअप गराएको हो । सबै रिपोर्टहरु ठिक भएको डाक्टरले बताएका थिए । पित्तथैलीको अपरेसनको लागि अपरेसन थियटरमा बेलुकी ६ः३० बजे लगिएको थियो । अपरेसका क्रममा मोटामोटी रुपमा अपरेसन सफल भएको बेलुकी ८ः३० बजे डाक्टरका सहयोगीले हामीलाई जाकारी गराएका थिए । तिनै सहयोगीले बेलुका ९ः३० बजे हृदयघात भएको जानकारी हामीलाई दिए । त्यस पछि हामी हाम्रो बिरामीलाई भेट्न गएका थियौँ । त्यति खेर नै विबरामीको आँखामा टेप टालिएको थियो । बिरामीको भाइ केशब सापकोटा, दाइ युवराज सापकोट, छोरीहरु सुचित्रा लामिछाने, सबिता लामिछाने हेर्न जानुभएको थियो । उनीहरुले देख्दा मानिस बेहोस अवस्थामा रहेको हामीहरुलाई बाहिर आएर बताए । राति १२ बजेसम्म हस्पिटलले कुनै जानकारी नै नदिइकन भेन्टीलेटरमा राखिएको थियो । हामी कसैले भेट्न पाएका थिएनौ ।

हामी हस्पिटल भित्र बसि रहेका थियौ । त्यस दिन बेलुकी ९ बजे देखिनै प्रहरीहरु हस्पिटलमा आएका रहेछन् । हामी हाम्रो बिरामीको होस खुल्ने आशामा रातै भरी जागा रहेका थियौँ । करिब १ः३० बजे छोरीहरु र छोरालाई डाक्टर कमल काइरालाले सहयोगी मार्फत बोलाउन लगाए । भित्र बोलाएर छोरा र छोरीलाई डाक्टरले अब आमा यस संसारमा नरहेको कुरा बताएपछि दिदी र दाइ रुँदै बाहिर निस्किनु भयो ।
त्यस पछि हामीले हाम्रो बिरामी पत्थरीको अपरेस गर्दा कसरी मृत्यु भयो ? भन्ने कुरा जान्न खोज्दा बेलुकादेखि नै तैनाथ गरिएको प्रहरीले हामीलाई रोक्यो । नवराज कार्कीकोको नेतृत्वमा रहेको प्रहरी प्रशासनले डाक्टर र हामी बिच कुनै सम्वाद गर्न दिएनन् । हामीलाई हस्पिटल प्रशासनले नत मृत घोषित मेरो ठुलीआमा नै हामीलाई दिएको छ न त डाक्टर सँग सिधा कुरा गर्न नै दिएको छ ।

केश जटिल भएको कारण प्रहरीले डाक्टरलाई सुरक्षा दिएको बताइ रह्यो । हामीले रातैभर नारा बाजी गरी रह्यौँ । हामीले हाम्रो ठूलीआमा हामी माझ ल्याउन आग्रह ग¥यौँ तर न त हस्पिटल प्रशासनले नै हाम्रो कुरा सुन्यो न त प्रहरीले नै । अवस्था यस्तो भएपछि हामी आफन्तहरुले नाराबाजी सुरु ग¥यौँ । हामीले हाम्रो आफन्त र साथीभाइ सबैलाई खबर ग¥यौँ । हामीलाई हस्पिटल प्रशासनले सुरक्षा अधिकारी झिकाएर त्यहाँबाट लखेट्ने सम्मको काम गर्न थाले पछि हामी सम्भव भएसम्म मिडियाको सामु पुग्याँै । विहान ६ बजे टेलिभिजन, पत्रपत्रिका र अनलाइनका पत्रकार साथीहरु आइसक्नु भएको थियो । त्यस पछि प्रहरीको संरक्षणमा रहेका डाक्टर कमल कोइराला हामी माझ आए । हाम्रो हजारँै प्रश्नहरु उनि माझ तेर्सिए । उनी नाजवाफ भए । उनि बोल्न सक्ने अवस्थामा देखिँदैन थिए र अनेक बाहाना गर्दै सामान्य मृत्यु भएको हो मात्रै भनि रहेका थिए ।

मृतकका आफन्त बिमल देवकोटाले दिएको बयान

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार