अमेरिकी आर्थिक प्रतिबन्धको विरोधमा प्रदर्शन, सर्वसाधारणलाई सैन्य तालिम


Share This


नेपालबहस संवाददाता    15 Views

११ भदौ, काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा शनिबार अमेरिकाले मानव अधिकार उलङ्घन भएको भन्दै लगाएको आर्थिक प्रतिबन्धको विरोधमा सडकमा प्रदर्शन गरिएको छ ।

भेनेजुएली राष्ट्रपति निकोलास मदुरो र सत्ताधारी पार्टीसँग आवद्ध व्यक्तिहरुले जुलुस निकालेका हुन् ।

प्रदर्शनकारीहरुले अमेरिकी सरकारको अतिक्रमणलाई अस्विकार गर्ने ‘युनाइटेड सोसिलिस्ट पार्टी अफ भेनेजुएला (पिएसयुभि)’ का नेता दारियो भिभास्ले एक टेलिभिजनमा बताएका छन् ।

यसैबीच भेनेजुएलाली सरकारले सर्वसाधारणलाई सैन्य तालिम दिन सुरु गरेको छ । सरकारले देशभरी सैन्य तालिम सुरु गरी अभ्यासको आयोजना गर्दै हजारौ सर्वसाधारणलाई बन्दुक चलाउन सिकाएको छ ।

सरकारले दुई लाख सैनिक र ७ लाख सर्वसाधारण र आवश्यकता अनुसार फौजी जिम्मेवारीमा तैनाथ गर्न सकिने व्यक्तिहरुलाई उक्त तालिममा तैनाथ गरिएको छ ।

अमेरिकाले निकोलास मदुरो सरकारमाथि मानवअधिकार उलघनको आरोप लगाउन्दै दवाव बढाएपछि सो सैन्य अभ्यास आयोजना गरिएको हो । राजधानी कराकस र भेनेजुएलाका अन्य सहरमा आधारभूत सैन्य गतिविधिबारे सर्वसाधारणलाई तालिम दिइएको थियो । एएफपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार