नेपाली ब्राण्ड ले ले वाइनका ‘ले ली रक्सी’ नेपाली बजारमा


Share This


नेपालबहस संवाददाता    1156 Views

१९ भदौ, काठमाडौं । लाइक नेचुरल ले ले वाइन उद्योगले ‘ले ली रक्सी’ नेपाली बजारमा ल्याएको छ । गोदावरी ललितपुरमा अस्वस्थित कम्पनीले आफ्ना उत्पादन बजारमा आएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रमको उद्घाटन वाणिज्य मन्त्री मिन विश्वकर्माले गरेका थिए ।
अहिले तीन वटा ब्राण्ड ले ली स्वीट रेड वाइन, ले ली स्वीट लेडिज स्पेशल वाइन र ले ली स्वीट ह्वाइट वाइन नेपाली बजारमा ल्याएको जनाएको छ । उद्योगमा उत्पादित रक्सीमा शतप्रतिशत फलफुलको प्रयोग भएको जनाएको छ ।

रक्सी उत्पादनका लागि उद्योगले ले लेमा रहेका कृषक समुहलाई सुरुमा ग्राउण्ड एप्पलको विरुवा निःशुल्क वितरण गरेको थियो । विरुवामा फल उत्पादन सुरु भएपछि कम्पनीले कृषक सँग सो फल किनेर ले ली ह्वाइट स्वीट रक्सी उत्पादन गरेको छ । उद्योगले अरु ब्राण्डका रक्सीहरु पनि बजारमा ल्याउने उद्देश्य राखेको कार्यक्रमा जानकारी दिए ।

कार्यक्रममा बोल्दै वाणिज्य मन्त्री मिन विश्वकर्माले देशमा नै उद्योगले उपभोक्ताको माग बमोजिम रक्सी उत्पादन गर्नेमा आफु विश्वस्त रहेको बताए । आफु मन्त्री हँदाका समयमा पत्रकारले विभिन्न प्रश्नहरु गरेको र ति प्रश्नको जवाफ त्यति बेला दिए पनि आज भने चित्त बुझ्दो तरिकाले दिन पाएकोमा खुशी व्यक्त गरे । नेपाली युवाहरुले बाह्य देशबाट आयात हुने रक्सिको प्रतिस्थापन हुने गरी स्वदेशमा नै रक्सीजन्य पदार्थको उत्पादन गर्न लागेको र त्यसको बजार देश बाहिरसम्म पु¥याउने लक्ष्य राखेकोमा खुशी व्यक्त गरे । यसका लागि सरकारको तर्फबाट कानुनी प्रक्रियाहरु मिलाउन आफु तयार भएको बताए ।

उद्योगले जापान र चाइनामा रक्सी निर्यातको लागि तयारी गरिरहेको कार्यकारी निर्देशक विकास खतिवडाले जानकारी दिए । यस रक्सीमा शतप्रतिशत फलफुलको प्रयोग हुने भएकाले उपभोक्तको स्वाद चाँडै नै पर्ने उद्योगले विश्वास लिएको छ । धेरै मात्रामा रक्सी उत्पादन गर्ने उद्देश्यले उद्योगले १०० रोपनी आफ्नै जग्गामा भुइँ स्याउको (ग्राउण्ड एप्पल) खेती सुरु गर्ने भएको छ । यसै गरी तराईका केही ठाउँहरुमा अंगुरको खेतीको संभाव्यता अध्ययन गरिरहेको खतिवडाले बताए । रामेछाप र अन्य आसपासका जिल्लाहरुमा अनार खेती भइरहेको छ । अनार खेतीहरुबाट उत्पादन भएको अनारलाई प्रयोग गरी रक्सी उत्पादन गर्ने सोच उद्योगको रहेको छ ।

उद्योगले अन्य कम्पनीको भन्दा फरक सोचका साथ रक्सी खाने महिलाहरुलाई ध्यानमा राखेर ले ली स्वीट लेडिज स्पेसल वाइन पनि बजारमा ल्याएको छ । यस रक्सीमा सामान्य बजारमा पाइने भन्दा कम मात्रामा अल्कोहल हुने उद्योगले जनाएको छ । महिलाहरुको इच्छा र स्वाद अनुसारको भेराइटीहरु बजारमा ल्याउने कम्पनीले जनाएको छ । यसका साथै उद्योगले विभिन्न किसिमका रक्सीहरु उपभोक्ताको स्वाद र माग अनुसार बजारमा ल्याउँदै जाने बताएको छ ।

कार्यक्रममा संचालकहरु राजकुमार श्रेष्ठ, कृष्णबहादुर थापा लगायत पत्रकार, कलाकार, समाजसेवी, बुद्धीजीवीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार