राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने


Share This


नेपालबहस संवाददाता    20 Views

२५ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा आज सहभागी हुने भएको छ ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न तथा आगामी असोज २ गतेको तेस्रो चरणको स्थानीय तह र मंसिरमा हुने प्रादेशिक एवं केन्द्रीय निर्वाचनको कार्यक्रमलाई पूरा गर्ने उद्देश्यले पार्टी सरकारमा आज सहभागी हुन लागेको अध्यक्ष पशुपतिशम्शेर जबराले जानकारी दिए ।

व्यवस्थापिका– संसद्मा १८ सांसद रहेको पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने बताइएको छ । राप्रपाबाट वैचारिक असहमति राख्दै गत साउन २२ गते विभाजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको सो पार्टीले करिब दुई साता अगाडि दलका रुपमा मान्यता प्राप्त गरेको थियो ।

यसैवीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को संसदीय दलको नेतामा दीपक बोहरा निर्वाचित भएका छन् । आज बसेको संसदीय दलको बैठकले उपनेतामा विक्रम पाण्डेलाई तोकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार