पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण महत्वपूर्ण


Share This


नेपालबहस संवाददाता    22 Views

२५ भदौ, काठमाडौं । मुलुकको पर्यटन क्षेत्रको विकासमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेकामा जोड दिइएको छ ।

पर्यटन पत्रकार सङ्घ (जाट) नेपालको सातौँ वार्षिक साधारण सभाका अवसरमा आज आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मुलुकको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको ठूलो भूमिका रहेको बताए । “जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्र्याउन सकिन्छ त्यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,” उनले भने ।

उक्त बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सञ्चारमाध्यमको भूमिका रहेपनि पूर्वाधार अभावका कारण सोचेजस्तो पर्यटक नेपाल आउन नसकेको स्पष्ट पारे ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले नेपालमा पर्यटकीय सम्भावना रहेका स्थान अत्यधिक रहेकाले यसलाई चिनाउनका लागि पर्यटन पत्रकार सक्रिय हुनुपर्र्ने बताए ।

सङ्घका संस्थापक अध्यक्ष स्व हरिराज जोशीको नाममा स्थापना भएको ‘हरिराज जोशी पर्यटन पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार राजु सिलवाललाई प्रदान गरिएको थियो ।सिलवालले आफूले पाएको पुरस्कारमा केही रकम थप गरी रु १० हजार रेडियो नेपालका बिरामी पत्रकार वासुदेव मुनाललाई प्रदान गर्ने घोषणा गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार