केएल टावरमा सुरु भयो दशैंतिहार उपहार योजना, एप्पल वल्ड ‘आर वान फाइभ’ बाइक पाउने भाग्यशाी छान्दै


Share This


नेपालबहस संवाददाता    564 Views

१ असोज, काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले बडा दशैं तथा तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । ‘रमाइलो दसैँ–तिहार उपहार योजना’ नाम दिइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसै गरी उपहार योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिंग मेशिन, रेफ्रिजिरेटरदेखि बम्पर उपहार मामोटरसाइकल तथा स्कुटर पाउने छन् ।

दशैंमा केही नयाँ वस्तु तथा सेवाखरिद गर्ने आमउपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै टावरको व्यवसाय प्रवद्र्धनका लागि यो योजनाल्याइएको टावरले जनाएको छ । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामान खरिद गर्नेले कुपन मार्फत उपहार प्राप्त गर्नेछन् ।

जस अनुसार दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, टीसीएलको विद्युतीयजगबितरण गरिने टावरले जनाएको छ ।

साप्ताहिक रूपमाटावरले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रोवेभ ओभनलगायतका घरायसी सामानउपलब्ध गराउने तिमल्सिनाले बताए । यसका साथै साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविचकम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर पनि ग्राहले पाउने छन् ।

उपहार योजनाको बम्पर उपहारमा सुजुकीको जिक्स्चर मोटरसाइकल, सजु्कीकै लेट्स स्कुटर तथा चार रात पाँच दिनको बैंकक भ्रमणको अवसर ग्राहले पाउने छन् । ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमाहल, बालबालिका र युवाकालागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका दैनिक प्रयोगमा आउने सामान टावरमा खरिद गर्न सकिने बताइएको छ । उपहार योजनाअवधिमा एकहजार रुपैयाँ बराबरको सामानको खरिदमा ग्राहले एउटा उपहार कुपन प्राप्त गर्ने छन् । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने छ । असोज १ गते सुरु भएको उपहार कार्यक्रम कात्तिक २५ गतेसम्म चल्ने आयोजकले बताएको छ ।

एप्पल वल्र्डमा‘अफर भित्र पनि मेगा अफर’

काठमाडौंको दरबारमार्ग स्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हातखाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजनाल्याएको छ । मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हातखाली नजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्कासमेत पाउन सक्नेछन् । मोबाइलका मोडल हेरि ६० प्रतिशत सम्मछुट पाइने एप्पल वल्र्डमा बम्पर उपहार स्वरुप एकजनाले ‘आर वान फाइभ बाइक’, एकजनाले ‘आइफोन ८’ र एकजनाले ‘मलेसिया र सिंगापुरको टुर’लक्की ड्र मार्फत पाउने छन। एप्पल वल्र्ड मोबाइलमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइल मर्मत’को सुविधासमेत ग्राहकलेपाउने भएका छन् । हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथस्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्ट लगायत विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने एप्पल वल्र्ड मोबाइलका म्यानेजर निराजनमल्ल ठकुरीले बताए ।

लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले टच एन्ड फिलको सुविधा सहित बिश्वबजारमा उपलब्ध सबै ब्रान्डका मोबाइलको कारोबार गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार