नेपालद्वारा बंगलादेश पराजित


Share This


नेपालबहस संवाददाता    66 Views

९ असोज, काठमाडौं । भुटानमा जारी साफ अठार वर्षमुनि (यू–१८) च्याम्यिनसिप अन्तर्गत आज भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको पहिलो हाफसम्म एक–एक गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ८० औँ मिनेटमा थपेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । त्यसअघि नेपालका अभिषेक रिजालले खेलको २२ औं मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिएका थिए । अभिषेकले गोल गरेको करिब आठ मिनेट पनि बित्न नपाउँदै (३० औँ मिनेटतिर) बंगलादेशका मोहम्मद अल अमिनले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।

यसअघि दुई खेल खेलेको नेपालले एक खेल हार तथा एक खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपाल भुटानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्र्रो माल्दिभ्स विरुद्वको खेलमा २–० को जित हासिल गरेको थियो ।

बंगलादेशको भने यो पहिलो हार हो । यसअघि खेलेको दुई खेलमा उसले दुवै खेलमा जित हासिल गरेको थियो । त्यसैगरी आजै भएको अर्को खेलमा भारतले माल्दिभ्सलाई २–१ ले पराजित गरेको छ । नेपालले आफ्नो चौथो खेल बुधबार चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार