साउदलाई बधाई पत्र र मागपत्र एकैसाथ


Share This


नेपालबहस संवाददाता    52 Views

९ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पूूँजीबजारका लगानीकर्ताको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

नेपालका आम सर्बसाधारण लगानीकर्ताको प्रतिनिधित्वगर्दै नेपाल ईन्भेष्टर्स फोरम सेयर बजारको फ्रन्टलाईनर रेगुलेटर नेपाल स्टक एक्सेचन्ज समक्ष पूँजीबजारको बिकास र लगानीकर्ताको हित संरक्षणका विभिन्न मागहरु पनि पेश गरेका छन् ।ः

नेपालको पूँजीबजारको बिकास र आधुनिकीकरणका लागि पूर्ण अनलाईन कारोबार प्रणाली अतिआबश्यक भएको उनीहरुले बताएका छन् । अबको कतिदिन भित्रमा पूर्ण अनलाईन कारोबार प्रणाली लागु हुने हो स्पष्ट गर्न र पूर्णअनलाईन प्रणालीसम्बन्धी काम गर्ने कार्यदलमा नेपाल ईन्भेष्टर्स फोरमको प्रतिनिधित्वको माग उनीहरुले गरेका छन् ।

हाल संचालनमा रहेका ५० वटा सेयर दलालको संख्या र पहुँच आम लगानीकर्ताहरुका बीचमा न्युन रहेको, बढ्दो बजारको आबश्यकता पुरा गर्न, देशका कुनाकाप्चामा रहेका लगानीकर्ताहरुलाई अत्याधुनिक सुबिधा दिन र पूर्ण अनलाईन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउन उनीहरुबाट मात्रै संभव नहुने हुँदा संस्थागत बाणिज्य बैंक तथा व्यक्तिग फर्महरुलाई ब्रोकर लाईसेन्स दिनुपर्ने माग गरेका छन् । देश संघियतामा गएकाले प्रत्येक प्रदेशमा क्षेत्रीय सेयर दलालहरुलाई लाईसेन्स दिनुपर्ने माग उठाएका छन् । सबै स्थानीयतहमा बैंक मार्फत सेयर कारोबार हुने ब्यवस्था गर्न माग गरेका छन् ।

गैरआवासीय नेपाली, विदेशमा बस्ने नेपालीनागरिक र संस्थागत विदेशी लगानीकर्ताहरुलाई सेयर बजारमाप्रबेश गराउन उनीहरुले माग गरेका छन् ।

बैंक तथा बित्तीय संस्थाहरुबाट सेयर धितो कर्जा लिँदा लगानीकर्तालाई धेरै असुविधा र झंंझट भएकाले सेयर दलालमार्फत तत्काल मार्जिन ल्याण्डिड. उपलब्धहुने ब्यवस्था गर्न पनि उनीहरुको माग छ । डिलरशीप पनि उनीहरुलाई दिन र कार्यक्षेत्र बिस्तार गर्नका लागी उनीहरुले माग गरेका छन् ।

अहिलेको ब्रोकर कमिशनज्यादै महंगो भएको र समस्त लगानीकर्ताहरुलाई मर्का परेकाले ब्रोकर कमिशन यथाशीघ्र अधकितम ०.२५ प्रतशितसम्म सीमित पारी लगानीकर्ताले शेयर किनबेच गर्न पाउने प्रणाली लागू गर्न माग गरेका छन् । दक्षिण एशियाकै सबैभन्दा महंगोे कमिशन दर नै पूँजीबजारको बिकास र विस्तारको ठूलो बाधक भएको फोरमको दावी छ ।

हकप्रद आबेदन र लिलाममा आउने सेयरमा बोलपत्र पेश गर्ने प्रक्रियालाई तत्काल आश्वा प्रणालीमा आबद्ध गरी राजधानीबाहिर रहेका लाखौं लगानीकर्ताले समेत सहज र सरल रुपमा आबेदन गर्ने र रकम फिर्ता पाउने ब्यवस्था सुनिश्चित गर्न उनीहरुले माग गरेका छन् ।

नेप्सेमा सूचिकृत कम्पनीहरुले बर्षौसम्म साधारणसभा नगर्नाले लगानीकर्ता प्रताडित बनिरहेको अवस्था कायम रहेको जनकारी गराएका छन् । हाम्रो मर्का हटाउन हरेक पुसमसान्तभित्र साधारणसभा नगर्ने कम्पनीलाई आर्थिक जरिवाना र कडाई गर्न फोरमको माग छ । कम्पनी ऐनमा हरेक पुस मसान्तभित्रमा पब्लिक कम्पनीले साधारणसभा गरी विवरण पेश गर्नुपर्ने ब्यवस्था रहेकोले कानुन पालनामा समेत सघाउ पुग्छ र सूचिकृत कम्पनीहरुको संस्थागत सुशासनमा समेत सुधार आई लगानीकर्ताहरुको हित संरक्षण हुन्छ । राजश्व असुली बढेर सरकार, नेप्से, धितोपत्रबोर्ड, ब्रोकर, लगानीकर्ता सबैलाई फाईदा हुनेमा फोरमले ध्यानाकर्षण गराएको छ ।

साधारणसभाले पारित गरेकोे बोनस र हकप्रद सेयर जारी भई बिक्री बन्द भएको महिनौपछि पनि लगानीकर्ताको खातामा नआउने समस्या रहेकोले बोनस र हकप्रदजारी भएको तीन महिना भित्रमा लगानीकर्ताको खातामा आईसक्ने ब्यवस्था गर्नु लगानीकर्ता र पूँजीबजारको हितमाहुने फोरमले उल्लेख गरेको छ । सेयर धितो कर्जा लिएकाहरुको सवालमा उनीहरुले प्राप्तगर्ने बोनस र हकप्रद सेयर बैंकको नाममा रोक्का नभईकन सिधै लगानीकर्ताको खातामा जाने व्यवस्था हनु जरुरी भएको बताएका छन् ।

बजार निर्माता (मार्केट मेकर) लाई तत्काल लाईसेन्स दिई पूँजीबजारमा भित्याउन माग गरेका छन् । यसले बजारको अनाबश्यकउतार चढावलाई नियन्त्रण गरी आम सर्बसाधारण लगानीकर्ताको लगानी सुरक्षित पार्नुका साथै बजारलाई स्थायित्व दिने अपेक्षा उनीहरुले गरेका छन् ।

सूचिकृत हरेक कम्पनीले त्रैमासिक बित्तीय विवरण पत्रिकामा छाप्नुभन्दा अघिल्लो दिन बेलुका पीडीएफ फाईल बनाएर नेप्सेमा पठाउनुपर्ने र त्यो फाईललाई नेप्सेले आफ्नो वेभसाईटमा भोलिपल्ट कार्यालय समय सूरु हुनेबेला सम्ममा अपलोड गर्नु आबश्यक देखिएको उनीहरुले बताएका छन् । यसो गर्दा देशका कुनाकाप्चामा रहेकामात्रै हैन बिदेशमा रहेका नेपालीले पनि सहजै रुपमा सुसुचित हुनपाउने, पीडीएफ फाईलकाकारण नेप्सेको साईटमा कुनै लोडनपर्ने, खासै खर्च नहुने भई समग्र पूँजीबजारलाई नै फाईदा पुग्ने हुँदा यसै त्रैमासिक बित्तीयविवरण बाटै सुरुवात गर्न उनीहरुले कार्यकारी साउद समक्ष मागपत्र पेश गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार