कोरियामा नेपाल प्रवद्र्धन


Share This


नेपालबहस संवाददाता    37 Views

१७ कात्तिक, काठमाडौं । नेपालमा कोरियाली पर्यटकको आगमनमा वृद्धि तथा लगानी आकर्षण गर्ने उद्देश्यले दक्षिण कोरियाको सिओलमा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ ।

नेपालस्थित कोरियाली दूतावास, नेपाली दूतावास कोरिया तथा नेपाल कोरिया चेम्बर अफ कमर्सलगायत संस्थाको आयोजना तथा नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) को सहकार्यमा आज सिओलमा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम गरिएको हानले प्र्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालस्थित कोरियाली राजदूत पार्क योङ सिकको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कोरियाली सरकारी अधिकारी, ट्राभल एजेन्ट, एनआरएन तथा नेपाली प्रतिनिधिमण्डलको उल्लेख्य उपस्थिति थियो ।

त्यस अवसरमा कोरियाली राजदूत सिकले यस किसिमको प्रवद्र्धनात्मक कार्यक्रमबाट कोरियाली पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भई लुम्बिनीलगायत नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा भ्रमण गर्नसक्ने धारणा राखेका थिए ।

कोरियास्थित नेपाली दूतावासका डिसीएम किरण शाक्यले यस किसिमको कार्यक्रममा दुई देशीय सम्बन्ध विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । हानका महासचिव विनायक शाहले नेपाल कोरियाबीच पर्यटन प्रवद्र्धनको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै हाल वार्षिक २५ हजार कोरियाली पर्यटकले मात्रै नेपाल भ्रमण गर्ने गरेकामा आगामी वर्ष कम्तीमा यसलाई बढाएर एक लाख पु¥याउने लक्ष्य राखेको जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार