देवः, युनियन र साझाको एकीकृत कारोबार शुरु


Share This


नेपालबहस संवाददाता    67 Views

२३ कात्तिक, काठमाडौं । देवः विकास बैंकले युनियन फाइनान्स र साझा विकास बैंक प्राप्ति गरी आजदेखि एकीकृत कारोबार सुरु गरेको छ।

बैंकको कारोबार शुभारम्भ नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटीले गरे। उद्घाटनपछि कायममुकायम गभर्नर शिवाकोटीले देशको अर्थतन्त्र मिश्रित ढङ्गले अगाडि बढेको बताए। ‘देशको अर्थतन्त्र उत्साहजनक रुपमा देशमा कायापलट हुन्छ भन्ने स्थितीमा पनि छैनौ। अत्यन्तै निराशाजनक स्थितीमा पनि छैनौ।’( उनले भने। लामो समय समयदेखिको अन्तरद्धन्द अशान्तिले देशको अर्थतन्त्रमा पारेको असर र दुर्इ वर्षअघिको भुकम्प र नाकाबन्दीको प्रभावले पछाडि परेको अर्थतन्त्र विस्तारै सुधार गर्दै लगेको उनको भनार्इ छ।

बैंक तथा वित्तीय संस्थाको बढोत्तरीलार्इ रोकेको भए पनि बैंकको शाखा मार्फत पहुँच बृद्धि गराउने सिवाकोटीले बताए। उनले बैंक तथा वित्तीय संस्था गाभ्ने गाभिने प्रकृयाले हालसम्म ११४ वटा बैंक तथा वित्तीय संस्था विलय भएको जानकारी दिए। नेपाल राष्ट्र बैंकले सबै बाणिज्य बैंकहरुलार्इ स्थानीय निकायमा अनिवार्य जानुपर्ने निर्देशन गरेको भए पनि २१२ स्थानमा पुग्न चुनौती भएको हुँदा विकास बैंक तथा घ वर्गका वित्तीय संस्था मार्फत भएपनि पहुँच पुर्याउने बताए।

त्यस्तै बैंकका संचालक समितिका अध्यक्ष प्राध्यापक डा सुवर्ण लाल बज्राचार्यले नेपाल राष्ट्र बैंकले सुधार गर्ने नाममा धेरै कुराले बाँधेको आरोप लगाए। समय सापेक्ष रुपमा नीति ल्याउन उनले नेपाल राष्ट्र बैंक सँग अनुरोध पनि गरे।

बैंकले राष्ट्रिय स्तरको विकास बैंक हुन आवश्यक दुर्इ अर्ब ५० करोड रुपैयाँको पूँजीको लागि दुर्इ बैंक तथा फाइनान्सलार्इ गाभिएको देवस् विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले बताए। दुर्इ संस्था प्राप्ति भएसँगै बैंकको कार्यक्षेत्र तथा कारोबारको दायरा फराकिलो हुने उनले उनको भनार्इ छ।

दुर्इ संस्थाको प्राप्तिसँगै गत वर्षको नाफाबाट बोनस दिएर नेपाल राष्ट्र बैंकले तोकेको दुर्इ अर्ब ५० करोड रुपैयाँ पुग्ने श्रेष्ठले बताए। साथै बैंकले सहारा विकास बैंकलार्इ पनि प्राप्ति गर्ने समझदारी भएको हुँदा चाँडै नै प्राप्तिको प्रकृया सुरु हुने श्रेष्ठले जानकारी दिए। सहारा विकास बैंक प्राप्तिसँगै बैंकको चुक्ता पूँजी दुर्इ अर्ब ८० करोड नाघ्नेछ।

उता, देवः विकास बैंकका कम्पनी सचिव सागर ताम्राकारले देवः विकास बैंक लिमिटेड, युनियन र साझा विकास बैंक लिमिटेडको नामबाट सुरु गरिएको एकीकृत कारोबारको आज कैलालीको धनगढीबाट उद्घाटन गरेका थिए ।

चालु आवको पुसमसान्तसम्म रु दुई अर्ब ५३ करोड चुक्ता पूँजी पुग्ने बैंकले बताएको छ । सो अवधिबाटै २० गुणा निक्षेप संकलन गरेर २० गुणा नै कर्जा प्रवाह गर्ने बैंकको नीति रहेको सचिव ताम्राकारले जानकारी दिए ।

एकीकृत कारोबारको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (नियमन विभाग) का नारायणप्रसाद पौडेल, तत्कालीन साझा विकास बैंकका अध्यक्ष फकिरसिंह कठायत, साझा विकास बैंकका सञ्चालक दिनेशराज भण्डारी, पुष्पराज कुँवर, भीम बोहरा, बज्र गुरुङलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार