बंगलादेश बैंकमा नयाँ सञ्चालक, गभर्नर नेपालले गराए सपथ


Share This


नेपालबहस संवाददाता    15 Views

५ मंसिर, काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडको तेइसौँ वार्षिक साधारणसभाले नयाँ सञ्चालक समितिका सदस्य चयन गरेको छ ।

बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह अलाम सरावर, मनिरुल इस्लाम तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्रबहादुर थापा, दीपक कार्की र मुकुन्दनाथ ढुंगेललाई निर्वाचित गरेको हो ।

सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा जलाल अहमदलाई अध्यक्षमा चयन गरिएको छ । बैंकका अध्यक्ष अहमदले आज नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालबाट पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

गभर्नर नेपालले बैंकलाई बढीभन्दा बढी व्यावसायिक र मर्यादित रुपमा अगाडि बढाउन र वित्तीय अनुशासन कायम गर्न प्रयत्नशील रहन आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार