साउदीमा एक रुकुमेलीको मृत्यु


Share This


नेपालबहस संवाददाता    88 Views

६ मंसिर, काठमाडौं । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् ।

रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब गएका उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए । खाना खाएर सुतेका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको बताएका छन् ।

मृतक परियारका श्रीमती र चार छोरा छन् । मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार