तारा एयरको विमान दुर्घटना


Share This


नेपालबहस संवाददाता    11 Views

१२ मंसिर, काठमाडौं । तारा एयरको एन–एबिएम कलसाइनको ट्वीनअटर विमान आज बिहान सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ ।

सुर्खेतका लागि उडेको सो विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार थिए। दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए ।

विहान ९ बजेर ३५ बजे उडान भर्ने क्रममा विमान धावनमार्गबाट डिलमुनि खस्दा दुर्घटना भएको हो ।

विमान सिमीकोटबाट सुर्खेत उड्न लाग्दा टायर पञ्चर भई रनवेभन्दा करिब ५ मिटर तल विद्युत खम्बामा ठोक्किएर दुर्घटना भएको हो ।

विमानको अघिल्तिरको भागमा क्षति भएको छ भने पाइलटसहित सात जना घाइते भएका छन् ।

घाइते हुने चालकमा क्याप्टेनद्वय बसन्त लामा र अनुप गुरुङ रहेका छन् । अर्का घाइते प्रहरी हवल्दार रहेको र उनको आँखामाथि ठूलो चोट लागेको छ ।

घाइतेहरुको सिमिकोट अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यलय हुम्लाको डिएसपी कमल नेपालले जानकारी दिएका छन् ।

दुर्घटनाका कारण सो विमानको अगाडिको भाग, टायर र पंखा क्षतविक्षत भएको छ । सो विमानमा दुई क्याप्टेनका अलावा १३ जना प्रहरी र एक जना एयर होस्टेज थिए ।

दुर्घटनामा परेको विमान यसअघि नेपाल एयरलाइन्सले चलाउँदै आएको थियो । यसलाई नै अहिले तारा एयरले सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार