परदेशी युवाको बास्तविक पिडा


Share This


नेपालबहस संवाददाता    45 Views

१९ मंसिर, काठमाडौं । देशमा रोजगारी पाउँन नसकेपछि बिदेशिन बाध्य नेपाली युवाहरुको कथा ब्यथा समेटिएको गीत परदेशीको बिलौना सार्वजनिक भएको छ । गायक तथा संगीतकार प्रियजन राई र गायिका तथा मोडल ऋतु कोईरालाको स्वरमा सजिएको पुर्वेली लोकभाकामा रहेको उक्त गीत सार्वजनिक भएको हो ।

नेपाली गीत संगीतको उत्पादनसँगै नयाँ नयाँ प्रतिभाहरुलाई स्थान दिँदै आएको पुर्वेली जुनतारा म्युजिक प्रा.लि.ले यो गित बजारमा ल्याएको हो । यही कम्पनीबाट सार्वजनिक भएको परदेशीको बिलौना बोलको उक्त गीतको शब्द नर बहादुर राई र देव झिंगु पुलामी मगरले लेखेक हुन् भने प्रियजन राईले संगीत गरेका छन् । नबिन पन्तको निर्देशनमा जिवन श्रेष्ठले छायाँकन गरेका छन् । पुर्णिमा लामा, बादल र तुलसाले अभिनय गरेको भिडियोको सम्पादन मनिष कार्कीले गरेका छन् । यसको प्रस्तुतकर्ता भने नर बहादुर राई र निकल चोङवाङ हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार