सिटिजन्स बैंकको अत्याधुनिक वेवसाइट सार्वजनिक


Share This


नेपालबहस संवाददाता    50 Views

१९ मंसिर, काठमाडौं । नेपालको बैंकिङ्ग क्षेत्रमा फरक पहिचान बनाउन सफल रहेको सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक website सार्वजनिक गरेको छ । यस websiteलाई www.ctznbank.comमा हेर्न सकिने छ । यस websiteलाई Dynamic version मा स्तर बृद्वि गरिएको छ र अव उपरान्त यस लाई कुनै पनि स्मार्ट फोन बाट सजिलै प्रयोग गर्न सकिने छ ।

यस website मा घरबाट नै खाता खोल्न मिल्ने , कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु अत्याधुनिक सुविधाहरु उपलब्ध छ । Online ASBA, Demat, KYC, Mero Share, Smart Banking जस्ता आकर्षणहरु रहेको योे website अत्यन्तै ग्राहक मुखी रहेको छ । सरोकारवालाहरुले बैंकको बारेमा प्राथमिक जानकारी लिन अब बैंक धाउनु पर्ने अवस्था को अन्त्य हुनेछ ।

यस नयाँ website को सर्वजनिकरण गर्दै गर्दा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले समयको प्रवाहसंग बैंक चल्दै आएकोे कुरा व्यक्त गरेका छन् । आगामी दिनहरुमा पनि बैंक नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिंग सेवालाई सरल र छरितो रूपमा पुर्याउन बैंक कटिवद्ध रहेको कुरा जानकारी गराए । साथै यस websiteलाई अझै प्रभावकारी बनाउनका निम्ति ग्राहक वर्गमा सल्लाह एवम सुझावको अपेक्षा बैंकले राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार