प्रधानसेनापति खुला म्याराथन माघमा, नवयुगको गोलसँगै आर्मी फाइनलमा


Share This


नेपालबहस संवाददाता    23 Views

२८ मंसिर, काठमाडौं । नेपाली सेनाको आयोजनामा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता आगामी माघ १० गते हुने भएको छ ।

प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा हुने र फुल म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन, १० किमि भेट्रानतर्फ ४५ वर्षमाथि पुरुष÷महिला र पाँच किमि म्याराथनमा विद्यालय छात्र÷छात्रा, सैनिक विद्यालय, सैनिक अधिकृत तथा सकल दर्जाका छोराछोेरीले सहभागिता जनाउन पाउने आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

त्यस्तै प्रतियोगितामा समावेश हुने पाँच किमीको वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती, उच्च पदाधिकारी र विदेशी प्रतिनिधिको सहभागिता रहनेछ । फुल म्याराथनतर्फ पहिलो हुनेले रु एक लाख, दोस्रोले रु ५० हजार, तेस्रोले रु २५ हजार, चौथोले रु १५ हजार, पाँचाँैले रु सात हजार र छैटौँले रु पाँच हजार प्राप्त गर्नेछन् ।

हाफ म्याराथनअन्तर्गत पुरुष र महिलामा पहिलो हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार पाउनेछन् । त्यसैगरी भेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश रु १५, १० र पाँच हजार पाउनेछन् । पाँच किमी म्याराथनतर्फ पहिलो हुनेले रु सात हजार, दोस्रोले रु पाँच हजार र तेस्रो हुनेले रु तीन हजार पाउनेछन् ।

आर्मी फाइनलमा
इटहरी दुहबको रङ्शालामा जारी दोस्रो दुहबी मनमोहन अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जीत निकाल्दै त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ । आर्मीले रुपन्देही ११ लाई ४–० गोलको गोलअन्तरले पाखा लगाएको हो । पहिलो हाफ गोलरहित भए पनि आर्मीका नवयुग श्रेष्ठले खेलको ४९ औं र ५१ औँ मिनेटमा लगातार दुई गोल गर्दै जीत सुनिश्चित गरेका थिए ।

प्रतिष्पर्धामा नेपाल आर्मीका जर्जप्रिन्स कार्कीले ६८ औँ मिनेटमा गोल गरे भने दीप तामाङले खेलको इन्जुरी समयमा आफ्नो टोलीका लागि गोल गर्दै खेल ४–० गोलको फराकिलो अन्तरले जिताए । खेलमा दुई गोल गरेका श्रेष्ठ ‘म्यान आफ द म्याच’ घोषित भए । आजका विजेता त्रिभुवन आर्मीले आगामी शनिबार मनाङ मस्र्याङ्गी टोलीसँग फाइनल खेल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार