पप्पु कन्स्ट्रक्सनले गर्यो पर्साका निर्वाचित जनप्रतिनिधिको सम्मान


Share This


नेपालबहस संवाददाता    14 Views

२ पुस, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्सा जिल्लाबाट निर्वाचित प्रतिनिधि र प्रदेशसभा सदस्यहरुलाई निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिले स्वागत तथा सम्मान गरेको छ ।

गत शनिबार साँझ वीरगञ्जमा एक समारोहबीच कम्पनीले उनीहरुलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको कामना गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक सुमित रौनियार र मधेस आन्दोलनका सहिद शत्रुधन पटेलकी आमा कुश्मी देवीले पर्सा क्षेत्र नं. का प्रनिनिधिसभा सदस्य प्रदीप यादव, २ का विमलप्रसाद श्रीवास्तव, ३ का हरिनारायण रौनियार र ४ बाट निर्वाचित लक्ष्मणलाल कर्णलाई कार्यक्रममा सम्मान गरे ।
कार्यक्रममा पर्साबाट निर्वाचित प्रदेशसभा सदस्यहरु जन्नत अन्सारी, लालबाबु राउत गद्दी, रमेशप्रसाद कुर्मी, अब्दुल रहिम अन्सारी, प्रह्लाद गिरी र सिंहासन कलवारलाई पनि सम्मानित गरिएको थियो । सम्मानितहरुलाई दोसल्ला ओढाएर बधाईपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद र वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा मधेस आन्दोलनका सहिद पटेलकी आमालाई पनि सम्मानित गरिएको थियो ।

जनप्रतिनिधिहरुले आफ्नो जीतलाई जनताको जीत भन्दै मधेसको अधिकारको पूर्णता र विकासमा आआफ्नो प्रतिबद्धता प्रकट गरेका थिए । कम्पनीका प्रबन्ध निर्देशक रौनियारले निर्वाचित जनप्रनिधिहरुलाई शुभकामना दिँदै मधेसको राजनीतिक अधिकारसँगै आर्थिक र सामाजिक विकासमा प्रतिबद्ध हुन आग्रह गरे । यो जीतले पर्सा जिल्लाका जनताले परिवर्तनको प्रत्याभूति पाउनुपर्ने रौनियारको धारणा थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार