‘आइएमईछक्का–पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक


Share This


नेपालबहस संवाददाता    16 Views

३ पुस, काठमाडौं । यस वर्षको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’अफर अन्तर्गत दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन् ।

मलेसियाबाट नेपालमा पैसा ठाएका रोकाया सफ्टवेयर पद्वतिमाआधारित ‘लक्कीड्र’ बाट विजेता घोषित भएका हुन् । पैसा पठाउने रोकायावानीजले सिफारिस गरेका व्यक्तिले नगद रु. १०,००,००० (दशलाख) प्राप्त गर्नेछन् ।

त्यस्तै अन्तिम तथा छैठौं१५ दिनको जीवन बीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा जापानबाट नेपालमा पैसा पठाउने थापा भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता थापावानीजले सिफारिस गरेको व्यक्तिले रु. ६००,०००(छलाख) बराबरको जीवन बीमा प्राप्त गर्ने लिमिटेडले जनाएको छ ।

गत हप्ता पानीपोखरी स्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित अफर समापन तथा अन्तिम नतिजा सार्वजनिक कार्यक्रममाआइएमई ग्रुपका प्रवन्धनिर्देशक हेमराजढकाल, आइएमई लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका ब्राण्ड एम्बासडर द्वयदीपक राजगिरी र दीपाश्री निरौला लगायत विभागीयप्रमुखहरुको उपस्थिती रहेको लिमिटेडले बताएको छ । नतिजा सार्वजनिक कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै निर्देशकढकालले आइएमईले स्थापनादेखि नै आफ्नो सेवालाई कसरी छिटो–छरितो ढंगगले प्रवाहगर्न सकिन्छ भन्नेमा दत्तचित्तभएर लागेको जनाउँदै पर्व लक्षित यस्ता अफरहरुले सेवा र सेवाग्राहीहरूलाई नजिकमा ल्याउन ठूलो भूमिका खेलेको धारणा राखेका थिए ।

प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेलले छक्का–पञ्जाअफरको विषयमा प्रकास पार्दै यस्ता अफरले आइएमईका सेवाग्राहीहरु र व्यवसायीक साझेदारहरुको सम्बन्धलाई पुनर्ताजकिकरण प्रदान गरेको बताए । ब्राण्डएम्बासडर दीपकराज गिरीले कर्पोरेट हाउससँग सिनेमा पनि जोडिन शुरु गरेकाले दुवै क्षेत्र उत्तिकै लाभान्वित भएको प्रतिक्रिया एका थिए ।

गत भाद्र १२ गतेदेखि मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालनमा ल्याईएका ेसेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्कीड्र’मा ५,०४०(पाँचहजार चालिस), पाक्षिक ‘लक्कीड्र’ मा ६ (छ ) र बम्पर ‘लक्कीड्र’ २ (दुई)जनापुरस्कृत भइसक्नु भएको छ । यस कार्यमा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शननम्बर र नामकाआधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छनोटगरिएको लिमिटेडले जानकारी दिएको छ । अफरमा सहभागी सबैलाई शुभकामना ब्यक्त गर्दै विजेता सबैमा आइएमई लिमिटेडले हार्दिक बधाई ज्ञापन गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार