मैनालीले गरे १५ लाख मूल्य बराबरको जग्गादान


Share This


नेपालबहस संवाददाता    14 Views

९ पुस, काठमाडौं । इलाम नगरपालिका–९ का गोविन्द मैनालीले रु १५ लाख मूल्य पर्ने जग्गा एक खानेपानी उपभोक्ता समितिलाई दान गरेका छन् ।

पिउने पानीको अभावमा असहज जीवन बिताइरहेका इनपा–९ भञ्ज्याङमुनिको बस्तीमा पिउने पानीको व्यवस्थापन गर्न उहाँले जग्गा दान गरेका हुन् ।

स्थानीय ढोडेनी भञ्ज्याङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई तीन आना जग्गादान गरेको मैनालीले बताए । समितिका सल्लाहकार किशोर कार्कीले रु १५ लाख मूल्य बराबरको जग्गादान गरेको बताए ।

उनले मालपोत कार्यालयमार्फत समितिको नाममा सो जग्गा पास गरिसकेका छन्। आफ्ना दिवंगत मातापिता चन्द्रकला र जयप्रसाद मैनालीको स्मृतिमा सो पुण्यको काम गरिएको गोविन्दले बताए ।

सो जग्गामा समितिले पिउनेपानीको ट्यांकी निर्माण गर्ने समितिका अध्यक्ष होमबहादुर गौतमले बताए । पिउने पानी आयोजना सम्पन्न भइसक्दा सो क्षेत्रका अन्दाजी ४०० जना लाभान्वित हुनेछन् ।

मैनालीले हत्याको आरोपमा बिनाकसुर जापानको जेलमा १४ वर्ष बिताएका थिए । चौध वर्षपछि जापानको उच्च अदालतले मैनालीलाई बेकसुर सावित गरी क्षतिपूर्तिको रकम भराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार