माइनस १६ डिग्री तापक्रममा मनाङ, भाइरल ज्वरोका कारण जाजरकोटमा १ को मृत्यु


Share This


नेपालबहस संवाददाता    24 Views

२४ पुस, काठमाडौं । देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ ।

रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ ।

अत्यधिक चिसो बढेपछि त्यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र ठाउँमा जाने गर्दछन् । यो समयमा गाउँ घरमा घर कुर्ने चौँरी हेर्ने र हिउँ फाल्ने बासिन्दा मात्र बस्ने गर्दछन् ।

जाडो छल्नका लागि त्यहाँका बासिन्दा काठमाडौं, पोखरा, चितवनलगायत भारतको बुद्धगया जाने गर्दछन् । गाउँघरको सबै कामकाज सकेर व्यापारिक प्रयोजनका लागि धुपी जुम्भु पाँचऔँलेलगायतका जडीबुटी लिएर जाने गर्दछन् । मंसिरको अन्तिम साताबाट मनाङ सुनसान हुने भएकाले अक्सर गरेर माथिल्लो मनाङका विद्यालय वर्षैपिच्छे जाडोको मौसममा तीन महिना बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताए ।

भाइरल ज्वरोबाट बालकको मृत्यु

जाजरकोटको जुनीचाँदे–२ का रामबहादुर नेपालीका दुई महिने छोरो भूपेन्द्र नेपालीको आज बिहान मृत्यु भएको छ ।

स्थानीय मुक्ति शर्माले दिएको जानकारीअनुसार उपचार गर्दागर्दै नेपालीको मृत्यु भएको हो । भैरव माविमा स्वास्थ्य शिविर राखेको भए पनि त्यो ठाउँ टाढा भएर पुग्न नसकिएको मृतकका परिवारजनले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार