सल्यानमा बस दुर्घटना, चारजनाको मृत्यु


Share This


नेपालबहस संवाददाता    26 Views

८ माघ, काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने २१ यात्रु घाइते भएका छन् ।

रुकुम पश्चिमबाट दाङका लागि छुटेको कालिका मालिका यातायात प्रालिको ना५ख ५३१ नंको बस आज त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका– ६ की पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका– ११ की छन्चरी विक रहेका छन् । अन्य दुईजना पुरुषको सनाखत हुन सकेको छैन ।

बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि दाङ र नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार