राष्ट्रसङ्घका महासचिवसहित अफ्रिकी ४० भन्दा बढी मुलुकका राष्ट्रप्रमुखको भेट


Share This


नेपालबहस संवाददाता    14 Views

११ माघ, काठमाडौं । अफ्रिकी देशहरुका ४० जना भन्दा बढी राष्ट्रप्रमुख र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससहितको सम्मेलन हुनेभएको छ ।

इथियोपियाका उच्च अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार ३० औं अफ्रिकी युनियन (एयु) को सम्मेलनमा उनीहरूको भेट हुनेभएको हो ।

अफ्रिकी देशहरूको राजनीति र सुरक्षाका विषयमा उनीहरूको छलफल केन्द्रित हुने अपेक्षा गरिएको इथियोपियाका विदेश मन्त्री वर्कनेह गेबेयेहुले सञ्चारकर्मीलाई जानकारी दिए ।

“अफ्रिकाको दिगो रुपान्तरणका लागि भ्रष्टाचार विरुद्धको लडाई जितौं” भन्ने मुल नाराका साथ अफ्रिकी युनियनको ३० औं सम्मेलन सोमबारदेखि इथियोपियामा शुरु भएको छ ।

बर्षमा दुई पटक हुने यो सम्मेलन यही जनावरी २९ सम्म चल्ने भएको छ । युनियनले सन् २०१८ लाई अफ्रिकाको भ्रष्टाचार विरुद्धको बर्ष घोषणा गरेको छ । सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार