पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, निगमको अर्ध मासिक नाफा २१ करोड


Share This


नेपालबहस संवाददाता    9 Views

३ वैशाख, काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई/दुई मूल्य वृद्धि गरेको जनाएको छ ।

समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ ।

स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव रु २१ करोड हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार