क्रिसमस डे र नयाँ वर्षमा पर्यटन व्यवसायीका आकर्षक ‘प्याकेज’, ५० प्रतिशतसम्म छुटको अफर

८ पुस, काठमाडौं । नजिकिएको अंग्रेजी नयाँ वर्ष (सन् २०१८) र ‘क्रिसमस डे’ लाई लक्षित गरेर यतिखेर पर्यटन व्यवसायीले नयाँ–नयाँ ‘प्याकेज’ सार्वजनिक गरेका छन् । पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बाक्लिने र व्यवसाय पनि फस्टाउने भएकाले व्यवसायीले विभिन्न सेवामा छुटसहितका आकर्षक प्याकेज बनाएका हुन् । खासगरी रात्रिकालीन मनोरञ्जन व्यवसायीले पाहुनालाई विभिन्न सेवामा विशेष अफर ल्याएका छन् । इशाई धर्मावलम्बीले उक्त धर्मका संस्थापक जिसस क्राइस्टको जन्मदिनका रुपमा क्रिसमस डेलाई मनाउने गर्छन् । थप पढ्नुहोस्