जोशीको आत्मकथामा राणाकालीन अवस्थादेखि अहिलेसम्मको नेपाली परिवेश चित्रण

१० असोज, काठमाडौं । नेपालमा नारी शिक्षाको विकास र महिला सशक्तीकरणमा उल्लेखनीय योगदान गर्ने विदूषी अंगूरबाबा जोशीको आत्मकथा ‘अक्षर साधना र गोधूलि’ माथि आइतबार परिचर्चा गरिएको छ । सो अवसरमा प्राज्ञ प्रा दिनेशराज पन्तले उत्कृष्ट प्रकाशन प्रालिबाट प्रकाशित कृतिमा नेपालको राणाकालीन अवस्थादेखि अहिलेसम्ममा भोगेका यथार्थलाई अत्यन्त रोचक ढंगमा प्रस्तुत गरिएको र त्यस बखतको नेपालको ज्ञानवद्र्धक जानकारी गराएको बताए । प्राज्ञ प्रा डा ज्ञानू पाण्डेले आत्मकथामा इमान्दारीपूर्वक विशेष गरी काठमाडौँको तत्कालीन सामाजिक अवस्थाको सजीव चित्रण पाइने बताए । थप पढ्नुहोस्