सगरमाथामा अक्सिजन चोरको बिगबिगी

१७ जेठ, काठमाडौं । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केही बेर अक्सिजन नपाएमा छटपटिएर मर्नुपर्ने त्यो ठाउँमा अक्सिजनका सिलिन्डर नै चोरी हुँदा कतिको ज्यानै जोखिममा पर्ने गरेको छ । विदेशी पर्वतारोही र शेर्पाहरुले सगरमाथाका उच्च शिविरमा दिन प्रतिदिन अक्सिजनका सिलिन्डर हराउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । थप पढ्नुहोस्