यू–१८ फुटबल टोली भुटान तर्फ

३० भदौ, काठमाडौं । साफ यू–१८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन भुटान जान लागेको नेपाली यू–१८ फुटबल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले हिजो बिदाइ गरेको छ । यू–१८ फुटबल टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ललितपुरको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्पलेक्समा नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरे । टोली आज दिउँसो भुटानतर्फ प्रस्थान गर्दैछ । बिदाइ कार्यक्रममा मन्त्री केसीले जोशजाँगरका साथ खेलेमा नेपालको जित सुनिश्चित रहेको बताए। उनले मैदानमा प्रवेश गर्दा खेलाडीलाई देश सम्झेर खेल्न आग्रह गरे । थप पढ्नुहोस्