अख्तियार सुर्खेतमा सबैभन्दा बढी उजुरी शिक्षा क्षेत्रका

२० कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले ६ नं कर्णाली प्रदेशमा सबैभन्दा बढी उजुरी शिक्षाको परेको कार्यपत्र सार्वजनिक गरेको छ । आइतबार जुम्लामा पत्रकारबीच गरेको अन्तक्र्रिया कार्यक्रममा यो प्रदेशमा मन्त्रालयगतरुपमा शिक्षामा बढी उजुरी परेको आयोग सुर्खेतका कार्यालय प्रमुख रविलाल पन्थले जानकारी दिए । “सबैभन्दा बढी उजुरी ४०१ छन्, जसमा ४९ फछ्र्यौट भएको र ३५२ उजुरी बाँकी रहेका छन्”– प्रमुख पन्थले भने । उनका अनुसार शिक्षामा १२४ उजुरी परेकामा १४ फछ्र्यौट भएका छन् । थप पढ्नुहोस्

अर्को निर्णय नभएसम्म चुडामणि विरुद्ध मुद्दा नचलाउन सर्वोच्चको आदेश

५ साउन, काठमाडौं । सर्बोच्च अदालतले अर्बै रकम कर छुट दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेका चुडामणि शर्मा विरुद्ध तत्काल मुद्दा प्रक्रिया अगाडि नबढाउन विशेष अदालतको नाममा आदेश जारी गरेको छ । अख्तियारको हिरासतमा रहेका शर्मालाई गैर कानूनी तरिकाले थुनिएको भन्दै उनकी श्रीमती कल्पना शर्मा पौडेलले सर्बोच्चमा मुद्दा दायर गरेकी थिइन् । मुद्दाको सुनुवाई गर्दै सर्बोच्चले यो मुद्दालाई पूर्ण इजलाशमा लैजाने निर्णय गरेको छ । थप पढ्नुहोस्

भूकम्पपीडितको रकममा समेत घुस !

२९ जेठ, काठमाडौं । भूकम्पपीडितको राहत रकममा समेत सरकारी कर्मचारीले घुस रकम माग्ने गरेको तथ्य फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक मुलुकभर नै सञ्चालन गरेको ‘रङ्गेहात पक्राउ’ अभियानअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको एक गाउँपालिकामा भूकम्पपीडितको राहत रकम प्रदान गर्दासमेत घुस मागेको पाइएको जनाएको हो । थप पढ्नुहोस्

घुस लिएको अभियोगमा दुई कार्यकारी अधिकृत पक्राउ

२३ जेठ,सिन्धुली । घुस लिँदै गर्दा आज दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् । सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलोक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोग सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो । गोलन्जोरका कार्यकारी अधिकृत भोलाकुमार आलेलाई रु एक लाख ५१ हजार र फिकलका कार्यकारी अधिकृत सतीश भट्टराईलाई रु ९० हजार घुस लिएको आरोप लगाइएको छ । थप पढ्नुहोस्