अर्को निर्णय नभएसम्म चुडामणि विरुद्ध मुद्दा नचलाउन सर्वोच्चको आदेश

५ साउन, काठमाडौं । सर्बोच्च अदालतले अर्बै रकम कर छुट दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेका चुडामणि शर्मा विरुद्ध तत्काल मुद्दा प्रक्रिया अगाडि नबढाउन विशेष अदालतको नाममा आदेश जारी गरेको छ । अख्तियारको हिरासतमा रहेका शर्मालाई गैर कानूनी तरिकाले थुनिएको भन्दै उनकी श्रीमती कल्पना शर्मा पौडेलले सर्बोच्चमा मुद्दा दायर गरेकी थिइन् । मुद्दाको सुनुवाई गर्दै सर्बोच्चले यो मुद्दालाई पूर्ण इजलाशमा लैजाने निर्णय गरेको छ । थप पढ्नुहोस्

अख्तियार दुरुपयोगको काममा सतर्कता केन्द्रले उठायो प्रश्न

११ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले रु ७६ करोड अनियमितता भएको पाएको छ । नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) डेभलपमेन्ट बैंक लिमा अनियमितता भएको उजुरी परेपछि आयोगले छानबिन गरी केही नभएको भनी अनुसन्धान बन्द गरेकामा सोसम्बन्धी उजुरी केन्द्रमा परेर छानबिन गर्दा अनियमितता भएको निचोड निकालिएको छ । थप पढ्नुहोस्